सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले माघ १ गतेदेखि रु ५ लाखभन्दा बढी रकमको कुनै पनि कारोबार नगदमा गर्न नपाइने व्यवस्था लागू गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय प्रणालीलाई पारदर्शी, सुरक्षित र अनुशासित बनाउन उक्त निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार एकपटकमा रु ५ लाख वा सोभन्दा बढीको भुक्तानी अब चेक, बैंकिङ मार्फत, डिजिटल भुक्तानी प्रणाली वा अन्य प्रमाणित भुक्तानी उपकरणबाट मात्र गर्न सकिनेछ। यस्तो नियमले काला धनको चलखेल रोक्ने, अवैध कारोबार नियन्त्रण गर्ने तथा कर छली घटाउने सरकारको दाबी छ।
सरकारले काठमाडौं उपत्यका, सिमानाका, ठूला बजार तथा व्यवसायिक क्षेत्रमा नगद कारोबारको मात्रा अत्यधिक भइरहेको भन्दै अनियमितता रोक्न कडाइ आवश्यक भएको बताएको छ।
नयाँ प्रावधान लागू भएपछि ठूला कारोबार गर्ने व्यापारिक फर्म, ठेकेदार, सेवा प्रदायक, मोटर/जग्गा किनबेचमा संलग्न व्यक्तिहरूलाई अनिवार्य रूपमा बैंकिङ माध्यम प्रयोग गर्नुपर्नेछ।
सरकारले यसलाई आर्थिक प्रणाली आधुनिकिकरणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा