सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दरसहित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ।
विकास बैंकको १८औँ वार्षिक साधारणसभाले शेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि नेपाल राष्ट्र बैंकबाट अनुमोदन लिई सेबोनमा पेस गरिएको थियो। सेबोनले स्वीकृति दिएसँगै अब बैंकले शेयर निष्काशन प्रक्रियालाई अगाडि बढाउनेछ।
अग्राधिकार शेयर जारी भएपछि बैंकको पूँजीगत संरचना बलियो हुने, पुँजीकोष वृद्धि हुने तथा व्यवसाय विस्तारमा सहुलियत पुग्ने बैंकले जनाएको छ।
हालको बजार तरलता र प्रतिफलको अवस्थालाई हेर्दा ९ प्रतिशत लाभांशसहितको यो अग्राधिकार शेयर संस्थागत लगानीकर्ताका लागि आकर्षक विकल्प हुने बैंकको दाबी छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा