सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कामना सेवा विकास बैंकले मोरङ, विराटनगरस्थित पारस अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ।
सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणित गर्ने कागजात प्रस्तुत गरेपछि सहज रूपमा यो सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
सम्झौता कार्यान्वयनपछि बैंकसँग आबद्ध सम्पूर्ण सेवाग्राहीले विशेष लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।
उक्त सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिमलाल भुसाल तथा पारस अस्पतालका तर्फबाट अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा