सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ। उनको नियुक्ति सुरक्षण मुद्रण कोषमा कम्प्युटर अधिकृतका रूपमा गरिएको हो।
सोमबार आयोजित कार्यक्रममा सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुजनलाई करार सेवामा नियुक्तिपत्र प्रदान गरे।
पत्रकार सुरेश रजकको २०८१ चैत १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा मृत्यु भएको थियो।
उनको योगदान र परिवारको अवस्थालाई ध्यानमा राख्दै सरकारले परिवारलाई सहयोगस्वरूप रोजगारीको व्यवस्था गरेको बताइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा