सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २ मंसिर। मार्गशीर्ष कृष्ण त्रयोदशीका अवसरमा आज पशुपति क्षेत्रमा लाग्ने बालाचतुर्दशी मेला भव्य रूपमा सुरु भएको छ। दिवङ्गत पितृको चिरशान्ति, सद्गति र मोक्षकामनाका लागि देश–विदेशबाट आएका लाखौँ भक्तजन बिहानैदेखि पशुपति क्षेत्रमा जम्मा भएका छन्।
त्रयोदशीको दिन दिवङ्गत पितृका नाममा दीपदान गर्ने परम्परा अनुसार भक्तजन बिहानै पशुपति, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थलीलगायत क्षेत्रमा पनि भीडभाड देखिएको छ।
जाडो मौसम भएकाले पशुपति क्षेत्र विकास कोषले पाल, आगो ताप्ने ठाउँ र व्यवस्थापन मिलाएको जनाएको छ।
आज रातभर दीपदान गरी बसेका भक्तजनले भोलि बिहानै शतबीज छर्ने अनुष्ठान मार्फत पितृलाई समर्पण गर्नेछन्। हाल चलनमा रहेका ‘सप्तबीज’—धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो—लाई मृगस्थली, १०८ शिवलिङ्ग, किराँतेश्वर, गुह्येश्वरी, आर्यघाटलगायत पवित्र स्थानहरूमा छर्ने परम्परा छ।
धर्मशास्त्रविद् प्रो. तोयराज नेपालका अनुसार हेमाद्रि धर्मग्रन्थमा थोरै बीज छर्दा सुन दान गरेबराबरको पुण्य प्राप्त हुने उल्लेख छ। “दिवङ्गत आत्माले मोक्ष पाओस् भन्ने कामनाले आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेजस्तै फल प्राप्त हुन्छ,” उनले बताए।
बालाचतुर्दशीसँग दुई प्रमुख कथाहरू जोडिएका छन्—
आमा–बुबा दिवङ्गत भई एक वर्ष नपुगेका अवस्थामा शास्त्रीय दृष्टिले दीपदान र शतबीज रोपण गर्न नहुने बताइन्छ। भक्तजनले यस अवसरमा वासुकी र गुह्येश्वरीको पूजा गर्नु पर्ने शास्त्रीय वचन छ।
लाखौँ भीड व्यवस्थापन गर्न पशुपति क्षेत्रमा सुरक्षाकर्मीको विशेष तैनाथी, आवागमन व्यवस्था, स्वास्थ्य सहायता कक्ष र भीड व्यवस्थापनका सूचनाहरू राखिएको छ।
यसरी प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीमा मनाइने बालाचतुर्दशी पर्वले आज पशुपति क्षेत्र धार्मिक भक्ति, लोककला, भजन–कीर्तन र अखण्ड दीपदानले आलोकित भएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा