सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निर्वाचन आयोगमा अत्यधिक संख्यामा पार्टी दर्ता गर्ने क्रम बढेको भन्दै यसले जेन–जी आन्दोलन कमजोर बन्न सक्ने चेतावनी दिएका छन्।
पुनका अनुसार नेपालीहरू आपसमा फुट्ने बानीका कारण सानातिना विषयमा पनि मिलापत्र नबनाई नयाँ–नयाँ दल खोल्ने प्रवृत्ति बढ्दै गएको छ। उनले भने,
“१२३ दल दर्ता भइसके, ३२ दल दर्ता हुने प्रक्रियामा छन्। यसरी फुट्दै जाने हो भने पुराना जाली–फटाहाको शासन फेरी फर्किन सक्छ।”
फेसबुकमा स्टाटस लेख्दै उनले संसारमा फुटेर होइन, मिलेर र जुटेर मात्र शक्तिशाली बन्न सकिने उल्लेख गरेका छन्।
पुनले चेतावनी दिँदै भने, “पुरानै पापी भ्रष्टाचारी फेरि निर्वाचित भए अहिलेका राम्रा काम उल्ट्याइदिन्छन्।”
उनका अनुसार अहिलेको मन्त्रीपरिषदले गरेका सकारात्मक निर्णयहरू पनि पुराना भ्रष्टाचारी नेतृत्व फर्किएमा कार्यान्वयन हुन नसक्ने र जेन–जी आन्दोलनको लक्ष्य नै तुहिन सक्ने खतरा बढेको छ।
मन्त्री पुनले दलहरूको बढ्दो विखण्डनले देशको राजनीतिक स्थिरता र परिवर्तनका प्रयासमा नकारात्मक असर पार्ने टिप्पणी गरेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा