सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० असोज — आगामी बालाचतुर्दशी (शिवरात्रोण) पर्व–२०८२ लाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले विशेष सुरक्षात्मक व्यवस्था गर्दै मदिरा तथा नशीला पदार्थ पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै असोज ३१ गते राति २ बजेदेखि पशुपति क्षेत्र तथा वरिपरिको सम्पूर्ण परिधिमा मद्यपान, मदिरा, मासु तथा कुनै पनि प्रकारका नशीला पदार्थको उत्पादन, ओसार–पसार, बिक्री–वितरण र सेवन पूर्ण बन्द रहने स्पष्ट गरेको छ।
प्रशासनले पर्वका दिन भीडभाड, अव्यवस्था र धार्मिक स्थलको पवित्रता प्रभावित हुन नदिन कडाइ अपनाइएको बताएको छ।
निषेधित क्षेत्रका सीमा
जिल्ला प्रशासनले सबैलाई निर्णयको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।
यो व्यवस्था प्रमुख जिल्ला अधिकारी इच्छाराम पौडेलको हस्ताक्षरमा जारी गरिएको हो।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा