सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जेनजी आन्दोलनकी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ राजनीतिक दल बन्ने भएको छ। कार्कीको नेतृत्वमा गठन गरिएको नवनिर्माण पार्टी ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ।
निर्वाचन आयोगका अनुसार नवनिर्माण पार्टीले कात्तिक २७ गते दल दर्ताको निवेदन दर्ता गराएको हो। तर आयोगले दल दर्ता प्रमाणपत्र भने अझै प्रदान गरेको छैन। आवश्यक प्रक्रिया पूरा हुनेबित्तिकै निर्णय हुने आयोगले जनाएको छ।
यससँगै आयोगमा दर्ता प्रक्रियामा रहेका नयाँ दलहरूको संख्या २८ पुगेको छ। निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टी देखि दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टी समेत दर्ता प्रक्रियामा रहेका छन्।
नयाँ राजनीतिक दलहरूको निरन्तर रूपमा दर्ता प्रक्रियामा बढ्दो संख्या आगामी राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा