सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सरकारले देशभर रोकिएको जग्गा कित्ताकाट पुनः खुला गरेको छ। भू–उपयोगसम्बन्धी नियमावलीमा गरिएको संशोधनपछि २०७९ असार मसान्तलाई परिमार्जन गरी २०८३ असार मसान्तसम्म सबै स्थानीय तहमा कित्ताकाट गर्न मिल्ने व्यवस्था गरिएको हो।
यसअघि भू–उपयोग वर्गीकरण पूरा नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट रोक्ने प्रावधान थियो। सो प्रावधानका कारण करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार, लगानी, बैंकिङ प्रवाह र स्थानीय राजस्वमा ठूलो मार परेको थियो।
नयाँ संशोधन अनुसार अब २०८३ असार मसान्तसम्म सबै स्थानीय तहमा अवरोधबिना कित्ताकाट गर्न पाइनेछ।
भू–उपयोग वर्गीकरण पूरा गरिसकेका स्थानीय तहमा भने पहिले नै खुला रहेको कित्ताकाट असारपछि पनि निरन्तर जारी रहनेछ।
सरकारले नयाँ समयसीमा तोकेसँगै वर्गीकरण बाँकी रहेका स्थानीय तहले आगामी असार मसान्तभित्र अनिवार्य रूपमा वर्गीकरण पूरा गर्नुपर्ने छ। निर्धारित समयभित्र वर्गीकरण नगरे स्थानीय तहले फेरि कित्ताकाट रोक्नुपर्ने चेतावनी समेत नियमावलीमा उल्लेख छ।
देशभरका ७५३ स्थानीय तहमध्ये झन्डै दुई–तिहाइमा रोकिएका कारण स्थावर सम्पत्ति कारोबारमा व्यापक समस्या देखिएको थियो, जसलाई समाधान गर्न सरकारले असार २०८३ सम्मको अवधी थपेको हो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा