सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का प्रवक्ता मनिष झाले राष्ट्रिय झण्डा भूइँमा फाल्ने कार्यको कडा विरोध गर्दै सम्बन्धित व्यक्तिमाथि तत्काल कानूनी कारबाही गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै झाले भनेका छन्, “लोकतन्त्रमा विरोध र बहस गर्न पाइन्छ, तर राष्ट्रिय झण्डालाई यसरी भूइँमा फाल्न पाइँदैन। यो अपराध गर्ने व्यक्ति नेपाली कांग्रेस सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्, जो दुई पटक मन्त्री भइसकेका छन्। यो घृणित कार्यको हामी खुलेर नै विरोध गर्दछौं।”
उनले राष्ट्रिय झण्डाको अपमानलाई ‘घृणित र अस्वीकार्य’ कार्य भन्दै यस्ता गतिविधिमा संलग्न जो कोहीमाथि कडा कारबाही हुनुपर्ने बताए।
झाले थप भनेका छन्, “लोकतन्त्रमा विरोध र बहसको अधिकार सबैलाई छ, तर राष्ट्रियताको सवालमा हामी सबै एकजुट हुनुपर्छ।”
उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा राष्ट्रिय प्रतीकको सम्मान र त्यसको कानूनी संरक्षणबारे व्यापक बहस सुरु भएको छ। धेरै नागरिकले राष्ट्रिय झण्डाको अपमान कुनै पनि हालतमा सह्य नहुने भन्दै सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग गरेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा