सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेको छ। पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ।
पार्टी दर्ताका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा प्रारम्भिक समिति गठन गरिएको छ। सोही समितिको नेतृत्वमा निर्वाचन आयोगमा छिट्टै पार्टी दर्ता प्रक्रिया सुरु हुने भएको हो।
स्रोतका अनुसार, उज्यालो नेपालले आगामी निर्वाचनमा प्रयोग गर्ने चुनाव चिन्ह बिजुलीको चिम रहने निर्णय गरेको छ। उक्त प्रतीकलाई “ऊर्जा, प्रकाश र विकासको प्रतीक”का रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।
घिसिङको नेतृत्वमा तयार भइरहेको यो नयाँ राजनीतिक दलले ऊर्जा क्षेत्रका प्राविधिक, पेशागत र युवाहरूलाई एकीकृत गर्ने उद्देश्य राखेको बताइएको छ।
पार्टी दर्ता सम्पन्न भएपछि ‘उज्यालो नेपाल’ ले औपचारिक घोषणा कार्यक्रममार्फत केन्द्रीय समिति, नीति तथा कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा