• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

      दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

      गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

      १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

    होमपेज /  मुख्य समाचार

    जब बर्लिन पर्खाल ढल्यो अनि मनाउन थालियो स्वतन्त्रता दिवस

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ कार्तिक २३, आईतबार (७ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९८ पटक पढिएको
  • नोभेम्बर ९ लाई ‘स्वतन्त्रता दिवस’का रूपमा मनाउने प्रचलन अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुसले २००१ मा सुरू गरेका हुन् । यो कुनै सामान्य दिवस होइन, यसको पृष्ठभूमि नै मानव सभ्यतामाथिको क्रूरतम अधिनायकवादविरुद्धको ऐतिहासिक विजयसँग जोडिएको छ । दोस्रो विश्वयुद्धताका नाजी हिटलरले जर्मनीमा स्थापना गरेको दमनकारी शासनले लाखौँ मानिसको जीवन खोस्यो । विश्वभरि स्वतन्त्रता र मानव अस्मितामाथि चुनौति खडा गरियो ।

    त्यस्ता दमनकारी शक्तिको अन्त्य गर्न अमेरिकी, फ्रेन्च र बेलायती सेनाहरू एकातिर उभिए भने अर्कोतिर तत्कालीन सोभियत सेनाले पनि नाजी शासनविरुद्ध प्रहार गरिरह्यो । युद्ध सकिएपछि भने नयाँ संकट जन्मियो । पूर्वी युरोपका देशहरूमा सोभियत सैन्य हस्तक्षेप र उनीहरूले लोकतान्त्रिक व्यवस्थालाई ढाल्दै जबरजस्ती साम्यवादी शासन थोपरे । यही प्रक्रियामा जर्मनी समेत च्यातेर पूर्वी र पश्चिमी दुई धारमा विभाजित बनाइयो र राजधानी बर्लिन त द्वन्द्वकै केन्द्र भयो ।

    १९५१ पछि सोभियत प्रभाव बढ्दै जाँदा बर्लिनमा ९१ किलोमिटर लामो पर्खाल ठड्याइयो । मानिसले आफ्नै शहरभित्र स्वतन्त्रतामाथि लगाम कसिएको अनुभव गर्नुपर्ने अवस्था बन्यो । न यता जान पाइने, न उताबाट आउन अधिनायकवादका कारण मानवीय अस्मिता ठेसिनु भनेकै कस्तो पीडादायी हुँदो रहेछ भन्ने बर्लिनले इतिहाससँगै देखायो ।

    तर मान्छे कुनैपनि शासनभन्दा ठूला हुन्छन्, उनीहरूमा स्वतन्त्रताको तिर्सना रोकिँदैन । यही आत्मबोधले प्रेरित भएर पूर्वी जर्मनीका जनता सडकमा उत्रिए । अन्ततः बर्लिन पर्खाल ढल्यो । त्यो पर्खाल ढलेको सम्झनाले नै आज विश्वभरि स्वतन्त्रता र लोकतान्त्रिक मूल्यबारे चेतना जगाउने सन्देश दिन्छ ।

    यसैले, नोभेम्बर ९ केवल एक देशको उत्सव होइन, अधिनायकवादमाथि नागरिक शक्तिको विजय दिवस हो—स्वतन्त्रताको मूल्य कत्ति महँगो हुन्छ भन्ने कुरा नयाँ पुस्ताले बिर्सन नदिने ऐतिहासिक चिह्न हो ।

    ‘स्वतन्त्रता दिवस’ मनाउने प्रचलन

    नोभेम्बर ९ तारिखलाई ‘स्वतन्त्रता दिवस’को रूपमा विश्वभर मनाउने प्रचलन अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुसले २००१ मा नै सुरु गरेका हुन् । यसको पृष्ठभूमि नै मानव सभ्यतामा स्वतन्त्रता र लोकतन्त्रको मूल्य बुझ्न अत्यन्त महत्वपूर्ण छ । दोस्रो विश्वयुद्धताका हिटलरको नाजी शासनले जर्मनीमा करोडौं मानिसको जीवन खोस्यो । क्रुर अधिनायकवाद, दमन र मानवीय अस्मितामाथिको हमला विश्वभर फैलियो । हिटलरलाई परास्त गर्न अमेरिकी, बेलायती, फ्रेन्च र सोभियत सेनाले जर्मनीमा आक्रमण गरे । युद्ध सकिएपछि विश्व राजनीतिक नक्शा फेरियो ।

    तर स्वतन्त्रताको यात्रा यहीँ रोकिएन । युद्धपश्चात सोभियत साम्यवादी शासनले पूर्वी युरोपका देशहरूमा आफ्नो प्रभुत्व विस्तार ग¥यो । लोकतान्त्रिक शासनलाई ढालेर जबरजस्ती साम्यवादी शासन थोपरे । यही प्रक्रियामा जर्मनी पनि विभाजित भयो । पूर्वी जर्मनीमा सोभियत नियन्त्रण, पश्चिमी जर्मनीमा अमेरिकी, बेलायती र फ्रेन्च नियन्त्रण बर्लिन राजधानी भएकाले यो द्वन्द्वको केन्द्र बन्यो । १९५१ पछि बर्लिनमा ९१ किलोमिटर लामो पर्खाल खडा गरियो । मान्छे उता जान नसक्ने, उताका मान्छे यहाँ आउन नसक्ने भयो ।

    १९९० को दशकमा विश्वभर लोकतन्त्रको आवाज बुलन्द हुँदै गयो । पूर्वी जर्मनहरू खुला समाजको तिर्सना लिएर पश्चिम जर्मनीतर्फ भाग्न थाले । अन्ततः सबै पूर्वी जर्मन नागरिकहरूले मिलेर बर्लिन पर्खाल तोडे र पर्खाल ढलेपछि १९९१ मा जर्मनी एकिकृत भयो । यो घटना केवल एक भौतिक संरचनाको विनाश थिएन, यो मानव स्वतन्त्रताको विजयको प्रतीक बन्यो । ९१ किलोमिटर लामो पर्खालका सिम्बोलहरूले आज पनि हामीलाई फ्रिडमको मूल्य सम्झाउँछन् ।

    अमेरिकी राष्ट्रपति जर्ज बुसले २००१ मा यो दिवस घोषणा गर्दा यही ऐतिहासिक महत्वलाई सम्मान गर्ने उद्देश्य राखेका थिए । संसारभर अधिनायकवादविरुद्ध लडिरहेका स्वतन्त्रता सेनानीहरूलाई सम्झने, नयाँ पुस्तालाई लोकतान्त्रिक मूल्य सिकाउने, स्वतन्त्रता र मानव अधिकारको महत्व बुझाउने—यही दिवसको मूल भावना हो । अफगानिस्तान, बर्मा, हङकङजस्ता स्थानमा आज पनि मानिसहरू स्वतन्त्रताको लागि लडिरहेका छन् ।

    यो दिवसले हामीलाई याद दिलाउँछ कि लोकतन्त्र केवल सरकारको संरचना मात्र होइन, मानव अधिकार, स्वतन्त्रता र समताको मूल्यमा आधारित जीवनशैली हो । रुसो, भोल्टेयर, माक्र्सदेखि आधुनिक चिन्तकहरूले यही आधारमा राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको दर्शन प्रस्तुत गरेका छन्। ‘बरु म मर्छु, तर तिम्रो बोल्ने स्वतन्त्रता जोगियोस’ भन्ने भोल्टेयरको भनाइ आज पनि प्रासंगिक छ ।

    नयाँ पुस्तालाई स्वतन्त्रता भनेको के हो, यसको सिमाना के हुन्छ, कसरी सदुपयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनु आवश्यक छ । लोकतन्त्र बलियो हुन मानव सभ्यता, मानव अस्मिता, ह्युमन डिग्निटीको सम्मान अनिवार्य छ । हरेक मानिसमा अनन्त सम्भावना छ । कुनैपनि व्यक्ति कमजोर होइन, दास होइन, शासित मात्र बन्नुपर्दैन । उनी आफ्नो ज्ञान, सूचना, क्षमतालाई प्रयोग गरी संसार चलाउन सक्छ । यही चेतना विद्यार्थीहरूमा जगाउन यो दिवस विशेष अवसर हो ।

    हामीले इतिहासबाट सिक्नुपर्छ कि अधिनायकवाद विरुद्ध लड्ने साहस र स्वतन्त्रताको मूल्य कहिल्यै पुरानो हुँदैन । बर्लिन पर्खाल ढलेको सम्झना, विश्वभरका स्वतन्त्रता सेनानीहरूको बलिदान, र लोकतान्त्रिक मूल्यहरूको संरक्षण—यी सबैको सम्झना राख्न नोभेम्बर ९ लाई मनाउनुको महत्व अनिवार्य छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

    पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’…

    एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

    ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ…

    वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ :…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑