सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भैरहवा । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवलले मुल मिसिल झिकाउने आदेश दिएको छ।
बिहीबार उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीबाट मुद्दाको मुल मिसिल र पुरक अभियोगको सक्कल मिसिल झिकाउने आदेश गरेको हो।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, “जिल्ला अदालत रुपन्देहीबाट मुद्दाको मुल मिसिल र पुरक अभियोगको सक्कल मिसिल झिकाउने आदेश भएको छ। जिल्ला अदालतबाट मिसिल प्राप्त भएपछि निवेदनमाथि सुनुवाइ अघि बढ्नेछ।”
गत कार्तिक १३ गते पनि मुद्दा पेशी चढेको थियो, तर जोशीका कानुन व्यवसायीको निवेदनपछि सुनुवाइ स्थगित गरिएको थियो। यसअघि अदालतले एउटै प्रकृतिको मुद्दा भएको भन्दै रवि लामिछाने र छविलाल जोशीको मुद्दा एकैसाथ राख्ने आदेश दिएको थियो।
रुपन्देही जिल्ला अदालतमा दायर अभियोगपत्रअनुसार, लामिछानेलगायतका प्रतिवादीविरुद्ध कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको छ।
लामिछानेले चार भागमध्ये आफ्नो एक भागअनुसार २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गरे पनि जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेको थियो। छविलाल जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए, तर दुवैको हकमा भागअनुसारको रकम यकिन नभएकाले अदालतले रिहा गर्न नमिल्ने आदेश दिएको थियो।
बिगोबमोजिमको रकम बुझाएर थुनामुक्त भई मुद्दा लड्न पाउन उच्च अदालतमा निवेदन दिइएपछि अदालतले दुवै मुद्दा एकैसाथ राख्ने आदेश गरेको हो।
हाल रवि लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा, र छविलाल जोशी भैरहवा कारागारमा रहेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा