सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २० कार्तिक । पूर्वमन्त्री सुमना श्रेष्ठले देशको वर्तमान राजनीतिक अवस्थामाथि तीव्र असन्तुष्टि जनाउँदै पुराना दलहरूबाट सुधार वा राजनीतिक निकासको अपेक्षा गर्नु “पूर्ण मुर्खता” भएको टिप्पणी गरेकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेख्दै भनिन्, “पटक–पटक नेतृत्वमा पुगेर देशलाई निराशाबाहेक केही दिन नसक्नेहरू फेरि एकजुट हुनु केवल चुनावी समीकरण मिलाउनका लागि मात्रै हो।”
उनका अनुसार राजनीतिक दलहरूले विगतका गल्तीबाट कुनै पाठ सिक्न नसकेका छन् र सुधारको सम्भावना पनि देखिँदैन।
श्रेष्ठले परिवर्तनको जिम्मा लिने भनिएका नयाँ पुस्ता र वैकल्पिक शक्ति भने अझै पनि विभाजित र दिशाहीन भएकोमा गुनासो पनि गरेकी छन्।
उनको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्चा पाएको छ, जहाँ धेरैले पुराना दलप्रतिको उनको आलोचनालाई समर्थन जनाएका छन् भने केहीले नयाँ शक्तिलाई एकताबद्ध हुन सुझाव दिएका छन्।
उनले लेखेकी छिन्:
राजनैतिक निकास बिना कुनै पनि आन्दोलन सस्थागत हुन् सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहरु रिफर्म होलान र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता हो। पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशा बाहेक केही दिन नसकेकाहरू एकजुट हुदै छन्, चुनावी समिकरण मिलाउनको लागि ।
परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न। त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ । यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाइ समेट्न सक्ने सामुहिक नेतृत्वको आवश्यकता देख्दछु।
सबै समुह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरुलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामुहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् ( काउन्सिल अफ लिडर्स) बनाए कस्तो होला? कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न?
हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिडेर बजारलाई ठिक्क नियमनमा राखी सम्बृद्धि ल्याउने सरकार हो । यस्तो जनताको मुद्दा बोक्ने “वैकल्पिक“ राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैले मनन गरौँ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा