सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ।
जेन–जी आन्दोलनका घटनाबारे अध्ययन गर्न सरकारले गठन गरेको छानबिन आयोगले आज (बुधबार) दिउँसो उनलाई उपस्थित हुन आग्रह गरेको थियो। सोही अनुरोधअनुसार लामिछाने दिउँसो सिंहदरबार पुगेका हुन्।
आयोगले लामिछानेसँग विशेषगरी नख्खु जेलबाट भदौ २४ गते बाहिरिएको घटनासम्बन्धी विवरण माग्दै विस्तृत सोधपुछ सुरु गरेको छ।
छानबिन आयोगका अनुसार, यसअघि पनि नख्खु जेल प्रशासनका अधिकारीहरूलाई बयानका लागि बोलाएर विवरण संकलन गरिएको थियो। लामिछानेसँगको बयानपछि आयोगले सम्पूर्ण घटनाक्रमबारे प्रत्यक्ष संलग्न पक्षहरूबाट अन्तिम निष्कर्ष निकाल्ने तयारी गरेको छ।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो। उक्त आयोगलाई जेन–जी आन्दोलन र त्यसपछिका घटनाहरूको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
सिंहदरबारमा अहिले लामिछाने र आयोगका पदाधिकारीबीच बन्द ढोकाको बैठकमा बयान प्रक्रिया जारी रहेको स्रोतले जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा