सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज दिउँसो १ बजे सिंहदरबारमा बयानका लागि ल्याइँने भएको छ।
जेन–जी आन्दोलनको जाँचबुझका लागि सरकारले गठन गरेको छानबिन आयोगले लामिछानेलाई बयानका लागि बोलाएको हो। आयोगले लामिछानेसँग नख्खु प्रकरणबारे बयान लिन लागेको जनाएको छ।
गत भदौ २४ गते नख्खु जेलबाट निस्किएको घटनाबारे सार्वजनिक रूपमा प्रश्न उठ्दै आएको छ। सोही घटनाको पृष्ठभूमिमा आयोगले उनलाई सोधपुछका लागि बोलाएको हो।
यसअघि आयोगका पदाधिकारीहरूले नख्खु जेल प्रशासनसँग समेत बयान लिइसकेका छन्। आयोगले उक्त दिन जेल प्रशासनले लामिछानेलाई कसरी र किन बाहिर निकालियो भन्ने विषयमा विवरण संकलन गरेको थियो।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो। उक्त आयोगलाई २४ र २५ भदौमा भएको जेन–जी आन्दोलनबारे अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
छानबिन आयोगले अहिले आन्दोलन, पक्राउ र त्यसपछिका प्रशासनिक क्रियाकलापबारे विस्तृत तथ्य संकलन गरिरहेको बताइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा