सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध गम्भीर यौन शोषण र दुर्व्यवहारको आरोप लगाउँदै पीडित शोभा पाठकले उनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेकी छन्।
मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पाठकले बस्नेतले विगत ११ वर्षदेखि आफूलाई यौन शोषण र दुर्व्यवहार गर्दै आएको आरोप लगाइन्। उनले भनिन्, “मैले बारम्बार उजुरी दिए पनि बस्नेतको राजनीतिक पहुँचका कारण उल्टै मलाई पटक–पटक पक्राउ गरी पीडित बनाइयो।”
पाठकले बस्नेतमाथि बलात्कार, भ्रूण हत्या र डाँका चोरीसम्बन्धी उजुरी दर्ता भइसकेको दाबी गर्दै भनिन्, “अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालले बस्नेतलाई पक्राउ नगरे म अन्तिम हदसम्म जान बाध्य हुनेछु।”
उनले वर्तमान सरकारका खेलकुद मन्त्री बब्लु गुप्तामाथि पनि बस्नेतको योजनाअनुसार आफूलाई अपहरण गरी दुर्गा प्रसाईविरुद्ध जबरजस्ती बोल्न बाध्य बनाएको आरोप लगाइन्।
पत्रकार सम्मेलनमा उपस्थित सामाजिक अभियन्ता र अधिवक्ताहरूले पाठकको मागलाई समर्थन गर्दै तत्काल बस्नेतमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सामाजिक अभियन्ता राधिका बरालले बस्नेतसँगै मन्त्री बब्लु गुप्तालाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताइन्। अधिवक्ता वाईपी अधिकारीले भने, “बस्नेतमाथि उजुरी पर्दा कानुन नलाग्ने तर पीडितलाई हिरासतमा लिने प्रवृत्ति अन्यायपूर्ण हो। यो ‘सानालाई ऐन तर, ठूलालाई चैन’ भन्ने अवस्थाको उदाहरण हो,” भने।
त्यस्तै अधिवक्ता मनिषा गौतमले राजनीतिक शक्तिको आडमा कानुन दुरुपयोग गर्ने प्रवृत्ति बढेको भन्दै अब बदलिँदो परिस्थितिमा न्याय र उत्तरदायित्व सुनिश्चित गर्न राज्यले ठोस कदम चाल्नुपर्ने बताइन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा