सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभई प्रशासनले नै बाहिर निकालेको बताएका छन्। उनले त्यसरी बाहिर निकालिएको निर्णय नियमविपरीत भएको बुझेपछि आफैं स्वेच्छाले फर्किएको दाबी गरेका हुन्।
जेन–जेड आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगले सोमबार नख्खु कारागारमा पुगेर लामिछानेसँग भेटवार्ता गरेको थियो। भेटका क्रममा लामिछानेले आफू जेलभित्र हुँदा सुरक्षाको अवस्था अत्यन्त जटिल बनेको भन्दै तत्कालीन गृह मन्त्रालय र प्रहरी नेतृत्वकै निर्णयमा कारागार बाहिर पठाइएको बताएका छन्।
“म आफ्नो इच्छाले जेलबाट निस्केको होइन,” लामिछानेको भनाइ उद्धृत गर्दै आयोग स्रोतले जनाएको छ, “बाहिर पठाउने निर्णय प्रशासनबाटै आएको थियो। पछि त्यो निर्णय अनुचित ठहरिएपछि म आफैं फर्किएँ, मलाई प्रहरीले समातेको होइन।”
आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले लामिछानेसँग सामान्य कुराकानी मात्र भएको बताए। उनका अनुसार आयोगले हाल लामिछानेलाई बाहिर पठाउने निर्णयमा संलग्न अधिकारीहरूको भूमिका स्पष्ट पार्न सोधपुछ गर्दैछ।
यस प्रकरणमा लामिछानेकी पत्नी निकिता लामिछाने, पार्टीका उपसभापति डीपी अर्याललगायत तत्कालीन प्रशासनिक अधिकारीहरू समेत अनुसन्धानको दायरामा पर्ने भएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा