सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ९ । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’ मा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
श्रेष्ठले सोमबार वारेसमार्फत दायर गरेको रिटमार्फत फिल्ममा बिना अनुमति आफ्नो नम्बर प्रयोग गरेर मानसिक तथा शारीरिक पीडा दिएको भन्दै निर्माता, निर्देशक, अभिनेता लगायतविरुद्ध कानुनी कारबाही र क्षतिपूर्तिको माग गरेका हुन्।
श्रेष्ठका अनुसार, ‘फर्की फर्की’ फिल्ममा उनको व्यक्तिगत मोबाइल नम्बर प्रयोग गरिएको छ। जसको कारण उनलाई फिल्म हेरेका व्यक्तिहरूबाट निरन्तर फोन, म्यासेज र अश्लील गालीहरू आइरहेका छन्।
“म नियमित रूपमा मानसिक तनावमा छु। सामाजिक र पारिवारिक जीवनमा असर परेको छ,” श्रेष्ठले रिटमा उल्लेख गरेका छन्।
श्रेष्ठले उक्त फिल्म प्रसारण भइरहेको एमएसएम ओटीटी प्लेटफर्मलाई पटकपटक आफ्नो नम्बर हटाउन आग्रह गरेका थिए। तर, कुनै कारबाही नभएकाले आफू न्याय खोज्न अदालत पुगेको उनले उल्लेख गरेका छन्।
श्रेष्ठले अदालतमा दायर गरेको रिटमा अभिनेता अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी, चलचित्र जाँच समिति, र ओटीटी प्लेटफर्म सञ्चालकलाई विपक्षी बनाइएको छ।
‘विना अनुमति व्यक्तिगत विवरण प्रयोग गर्नु नागरिकको गोपनीयता उल्लंघन हो। त्यसैले म पीडितको नाताले क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाही चाहन्छु।’, रिटमा उल्लेख छ ।
श्रेष्ठले चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति लगायत नियामक निकायहरूलाई लिखित रूपमा जानकारी गराए पनि कुनै प्रतिक्रिया नआएपछि मुद्दा दायर गर्न बाध्य भएको उल्लेख गरेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा