सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहले दिएका राजीनामा पार्टीले स्वीकृत गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उनीहरूको राजीनामा स्वीकार गर्दै औपचारिक रूपमा जानकारी दिएको हो।
पार्टी स्रोतका अनुसार, दुबै नेताले केही समयअघि व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। आजको बैठकले ती राजीनामा पत्रहरूलाई विधिपूर्वक स्वीकृति दिएको हो।
सुमना श्रेष्ठ रास्वपाको संस्थापक सदस्यहरूमध्ये एक हुन् र पार्टीको सहमहामन्त्रीका रूपमा कार्यरत रहँदै आएकी थिइन्। उनी सामाजिक अभियन्ता तथा संसद्मा सक्रिय नेतृको रूपमा चिनिन्छिन्। हाल उनी प्रतिनिधिसभा सदस्य समेत हुन्।
त्यस्तै, अनिल केशरी शाह नेपालको बैंकिङ क्षेत्रका चर्चित व्यक्तित्वमध्ये एक हुन्। पार्टीमा उनी प्रशिक्षण विभागको प्रमुखको भूमिकामा थिए। रास्वपामा आबद्ध भएदेखि नै उनले पार्टीलाई व्यवस्थापन, नेतृत्व विकास तथा सांगठनिक तालिमतर्फ मार्गनिर्देशन गर्दै आएका थिए।
बैठकपछि जारी गरिएको संक्षिप्त प्रेस विज्ञप्तिमा पार्टीले दुवै नेताहरूको योगदानको कदर गर्दै आगामी दिनमा पनि पार्टीको मार्गदर्शनमा उनीहरूको भूमिका रहने विश्वास व्यक्त गरेको छ।
पार्टीका एक वरिष्ठ नेताका अनुसार, “श्रेष्ठ र शाह दुवैजना पार्टीको मूल भावना र सिद्धान्तप्रति प्रतिवद्ध छन्। उनीहरूको राजीनामा कार्यभारबाट मात्र हो, पार्टीबाट अलग्गिने कुरा होइन।”
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा