• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ३, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

      जुम्लाका आठ स्थानीयतहको बेरुजु ३० करोड

      यी तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

      आज २०८२ जेठ २ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      पेट्रोलियम पदार्थको मूल्य घट्यो

      कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते

      बजेट प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्न सकिन्छ : कांग्रेसका प्रवक्ता महत

      मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी

      आपूर्ति बन्द हुँदा गाजापट्टीमा मानवीय संकट, भोकमरीको खतरा

      ‘साकेला जाउँ’मा राजेश पायल र मेलिना राई

      कांग्रेस सांसद विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्दै

      कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

      आज पनि घट्यो नेप्से, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

      वैज्ञानिक समाजवाद प्राप्त गर्न समाजवादको क्रान्ति आवश्यक : झलनाथ खनाल

      एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

    होमपेज / खेलकुद

    तिलोत्तमा गोल्डकपमा अर्मान्डको ह्याट्रिक, चर्च ब्वाइज फाइनलमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ चैत्र १४, शुक्रबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६४ पटक पढिएको
  • बुटवल । अर्मान्ड बेएडुमको ह्याट्रिकसँगै चर्च ब्वाइज युनाइटेड क्लब २३औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

    देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले लिगको प्रतिद्वन्दी मच्छिन्द्र फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

    चर्च ब्वाइजको जितमा अर्मान्डले ह्याट्रिक गरे । यस्तै, कप्तान अबायोमी फाकुल्नेले एक गोल थपे । मच्छिन्द्रका एलेक्स विलियम्सले सान्त्वना गोल फर्काए । यो गोल केपी ओली कपको उपाधिमा ह्याट्रिक गरेको मच्छिन्द्रलाई जितका लागि पर्याप्त भएन ।

    डिफेन्डर प्रवेश कटुवालले दिएको क्रसलाई अर्मान्डले हेडर गर्दै गोल गरेका हुन् ।  त्यसको १० मिनेटपछि मच्छिन्द्रका कप्तान करिम ओमोलाजाले अर्मान्डलाई डिबक्समा रोक्ने प्रयास गर्दा लडाउन पुगे । त्यसैमा प्राप्त पेनाल्टीलाई अर्मान्डले नै गोलमा गर्दै अग्रता दोब्बर बनाए ।

    उनले ४४औं मिनेटमा ह्याट्रिक पूरा गरे । राज भुषालले उपलब्ध गराइदिएको बललाई मच्छिन्द्रका गोलकिपर टोपे रानामगरलाई बिट गर्दै गोल गरे । जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो । यसअघि संकटा क्लबका सृजनराज गौतमले जर्जियन फुटबल क्लब कालिम्पोङविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए ।

    चर्चले ६०औं मिनेटमा फाकुल्नेले गोल गर्दै अग्रता ४–० मा पु¥याए । राजले कर्नरमार्फत दिएको बललाई उनले भलीमार्फत गोल गरे । मच्छिन्द्रले निर्धारित खेल सकिन तीन मिनेट बाँकी रहँदा एक गोल फर्काएको थियो । एलेक्सले मैदानको मध्यभागतर्फबाट आएको बललाई चर्च ब्वाइजका डिफेन्डरद्वय बिकु राई तथा चेतन चौधरी र गोलकिपर विवश चौधरीलाई बिट गर्दै गोल गरेका हुन् ।

    खेलको ‘प्लेयर अफ द म्याच’ फाकुल्ने भए र ११ हजार १११ रुपैयाँ प्राप्त गरे । दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

    मच्छिन्द्रले भने एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० कठिन जित निकाल्दै चर्च ब्वाइजसँगको भेट पक्का गरेको थियो । योसँगै चर्च ब्वाइजले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरेको छ । अब चर्च ब्वाइजले उपाधि भिड्न्तमा एपिएफलाई चुनौती प्रस्तुत गर्नेछ । एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ ।

    बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।

    उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

    यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    महिला टी– २० विश्वकपमा नेपालले बहराइनको सामना गर्दै, जित्नै पर्ने दबाब

    सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौता अस्वीकार, राष्ट्रिय टोलीमा खेल्न भने तयार

    साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

    आईपीएल खेल्न भारत जानु खेलाडीको व्यक्तिगत निर्णय : अष्ट्रेलियन क्रिकेट बोर्ड

    स्पेनिस ला लिगाको उपाधितर्फ नजिकिँदै बार्सिलोना

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    कोटिहोममा दिनहुँ चर्चित कलाकारको प्रस्तुती, यस्तो छ दैनिक तालिका

    भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पदबाट स्वत:निलम्बित भए बस्नेत

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

    जुम्लाका आठ स्थानीयतहको बेरुजु ३० करोड

    यी तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    आज २०८२ जेठ २ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी

    कांग्रेस सांसद विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्दै

    गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

    टेरामक्स प्रकरण : पूर्वसञ्चारमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    निर्माण कम्पनी जिम्मेवार नहुँदा समयमा बनेन संघीय संसद भवन

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    कोटिहोममा दिनहुँ चर्चित कलाकारको प्रस्तुती, यस्तो छ दैनिक तालिका

    भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पदबाट स्वत:निलम्बित भए बस्नेत

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    आज २०८२ वैशाख २६ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मौसम पूर्वानुमान : देशका अधिकांश भागको मौसम सफा रहने

    प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

    गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

    भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

    महाराजधिराज’ मा वर्षाको प्रवेश

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    आर्थिक

    आज पनि घट्यो नेप्से, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    सुनचाँदीको मूल्य घट्यो

    स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका दुई नयाँ शाखा सञ्चालनमा

    मस्र्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि १५ अर्ब बढीको लगानी सम्झौता

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑