• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

      ‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

      रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५ पटक मात्र बल छोए

      फिफा विश्वकप २०२६ : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित

      रास्वपा सचिवालय बैठक सुरु

      फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

      अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु

      आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

      चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

      चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

      आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

      अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

      खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

      विश्वकपमा मेसीको किर्तिमानः मिरोस्लाभ क्लोजको किर्तिमानीसँग बराबरी

      नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग आग्रह

    होमपेज /  प्रदेश

    जुम्लामा ‘गोठालो भत्ता’ : किसान उत्साहित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ चैत्र ४, सोमबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५१ पटक पढिएको
  • मुगु । जुम्ला पशुचौपाय पालनको सम्भावना भएको क्षेत्र हो । भेडा–बाख्रापालन जुम्लालगायत कर्णालीका जिल्लाहरुमा मुख्य आयस्रोतका रुपमा लिइन्छ ।

    जुम्लामा ५० वटा भन्दा बढी भेडापालन गर्ने ३१५ जना किसान पशु अस्पताल तथा पशु सेवा कार्यालयमा सूचीकृत छन् । ५० भन्दा कम भेडा–बाख्रापालन गर्ने किसान पनि छन् । तर, सूचीकृत नभएपनि भेडा मात्रै पाल्ने १७ सय किसान छन् । ८८ हजार तीन सय भेडाको तथ्यांक रहेको छ ।

    गुठीचौर गाउँपालिका–१ का किसान दलबहादुर बस्नेतको आम्दानीको प्रमुख पेसा नै भेडापालन हो । उनीसँग अहिले १५० वटा भेडा रहेका छन् । उनले भेडा बेचेरै घरखर्च चलाउने गरेका छन् । उनले पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले भेडापालक किसानलाई गोठालो भत्ता वा प्रोत्साहन भत्ता उपलब्ध गराउने थाहा पाएपछि निवेदन दिएका थिए ।

    उनले अहिले १८ हजार प्रोत्साहन भत्ता (गोठालो भत्ता) प्राप्त गरेका छन् । भने, ‘यो रकमले थप भेडापालन व्यवसायमा टेवा पुगेको छ । अहिले डेढ सय भेडा छन् । प्रोत्साहन भत्ताबापत पाउने रकमले भेडामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको छ ।’

    आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारको भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको सिँजा गाउँपालिका–६ का भेडापालक किसान सुवा रावतले बताए ।

    सबैभन्दा बढी तातोपानी गाउँपालिका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

    जुम्लाका २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ता वितरण गरिएको छ । यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन भत्ता प्रदान गरिने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाल प्रमुख ज्ञानेन्द्र बुढथापाले बताए ।

    जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालू आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको छ ।

    मन्त्रालयको कार्यविधिअनुसार फर्म दर्ताको प्रमाणपत्रसहित कर चुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका करिब २३० जना भेडापालक किसानलाई १८ हजारका दरले प्रोत्साहनस्वरूप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढथापाले बताए ।

    भेडापालक किसानलाई प्रोत्साहन भत्ता कार्यक्रमले जिल्लाका किसानलाई निकै राहत मिलेको छ । कार्यक्रम लागू भएदेखि भेडापालक किसानसमेत बढेका छन् ।

    जिल्लामा भेडा मात्र पाल्ने किसान करिब १७ सयभन्दा बढी रहेका छन् । यहाँका आठवटै स्थानीय तहमा ८८ हजार तीन सयभन्दा धेरै भेडा पालिएका छन् । कार्यालय प्रमुख बुढथापाले भने, ‘भत्ता पाएपछि किसानलाई थप हौसला मिलेको छ ।’

    भौतिक संरचना निर्माणदेखि खर्क सुधार कार्यक्रम र चरन क्षेत्र विस्तारमा समेत कार्यालयको विशेष प्राथमिकतामा परेको छ । अहिले भेडालाई चरन क्षेत्र अभाव र रोगको संक्रमण फैलिने डर छ । स्थानीय तहले पशु तथा पन्छी क्षेत्रमा बजेटको व्यवस्थापन गर्न नसकेको कार्यालय प्रमुख बुढथापाको भनाइ छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न…

    ‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि…

    रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५…

    फिफा विश्वकप २०२६ : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑