• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ माघ २५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भेटघाटमा ओली : देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह

      आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

      दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

      नेपाललाई इंग्ल्याण्डको १८५ रनको लक्ष्य

      काठमाडौँ–८ बाट उज्यालो नेपालका उम्मेदवार राजन खड्गी, १५ वर्षको सम्पदा–संघर्षपछि “सडकदेखि सदनसम्म”को राजनीतिक यात्रा

      सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

      कास्की–२ मा जेन–जी पुस्ताको विद्रोही आवाज: स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलको उद्घोष – “अब भाषण होइन, काम गरौँ”

      रौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा

      नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने

      पीएचडी अध्ययनरत भक्तपुर–२ मा उज्यालो पार्टीका उम्मेदवार जितराम लामा, सुशासन र समावेशी विकासको एजेन्डा

      बालेनले दिए विश्वकप खेल्न लागेको क्रिकेट टोलीलाई शुभकामना

      प्रचण्डद्वारा इंग्ल्यान्डविरुद्ध खेल्दै गरेको नेपाली क्रिकेट टिमलाई शुभकामना

      राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

      कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

      भक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री

    होमपेज /  पत्रपत्रिका

    टीकापुर रिपोर्टः अन्धाधुन्द पक्राउ, एकमुष्ट रिहा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ २६, शुक्रबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : १७ मिनेट
  • २३९ पटक पढिएको
  • बाबु देवकोटा, अछामी बाहुन (अछामबाट बसाइँ सरेर टीकापुर आएका) र रेश्मा महतो थारू, टीकापुरकै रैथाने परिवारकी छोरी । चार वर्षदेखिको प्रेम सम्बन्ध उत्कर्षमा चलिरहेका बेला ७ भदौ २०७२ मा टीकापुर घटना भयो ।

    अखण्ड सुदूरपश्चिम भन्ने टीकापुरका अछामी समुदाय तथा कैलाली र कञ्चनपुर थारू बहुल क्षेत्र भएकोले यसलाई थरूहट प्रदेशमा राख्नुपर्छ भन्ने थारू समुदाय । यी दुई बीचको विवाद हिंसामा बदलिएको दिन थियो टीकापुर घटना । जहाँ डेढ वर्षे बालक र आठ सुरक्षाकर्मी मारिए । त्यसको केही घण्टामै आगो लगाएर ७० थारू परिवारको सर्वस्व ध्वस्त पारियो । त्यो पनि कर्फ्यु लगाएको समयमा ।

    विवादकै बीचमा नयाँ संविधान बन्ने प्रक्रिया अन्तिम अवस्थामा पुगेको थियो । गृह मन्त्रालयले हदैसम्म संयम हुन सुरक्षा निकायलाई आदेश दिएको थियो । केही समय पहिले मात्रै सुर्खेत र सप्तरीका प्रदर्शनमा धेरै बल प्रयोग गरेको भनेर सुरक्षा निकायको आलोचना भएको थियो । यसै कारण हुनसक्छ गृह मन्त्रालयले सुरक्षा निकायलाई संयम अपनाउन भनेको थियो ।

    ७ भदौ २०७२ मा थरूहट प्रदर्शनकारी र सुरक्षाकर्मीबीच टीकापुरमा झडप भयो । संयमता अपनाउने नाममा हुनसक्छ नेपाल प्रहरी र सशस्त्र प्रहरी आन्दोलनकारीका आन्तरिक तयारीबारे गम्भीर भएनन् । आन्दोलनकारीको हिंसात्मक आक्रमणबाट डेढ वर्षे बालक र ८ जना सुरक्षाकर्मी मारिए । टीकापुरमा कर्फ्यु लाग्यो । कर्फ्यु लागेकै बेला थारू समुदायका झण्डै ७० वटा घर पसलमा आगजनी र लूटपाट गरियो ।

    एक महीनासम्म कर्फ्यु लगाइयो । सुरक्षाकर्मीको हत्यामा संलग्न भएको अभियोगमा तत्कालै र पछि गरेर संयुक्त थरूहट संघर्ष समितिका २५ नेता, कार्यकर्ता पक्राउ परे । ५८ जना माथि प्रहरीले वारेन्ट जारी गर्‍यो । यसमध्ये ३३ जना अझै फरार छन् ।

    परिस्थिति बिथोलियो । टीकापुरका अछामी समुदाय र रैथाने थारू समुदायले एकअर्कालाई दुश्मन ठान्न थाले । वर्षाैंदेखि कायम पहाडी र थारू समुदायबीच रहेको सद्भाव बिथोलिएर शंका, अविश्वास र त्रासमा बदलियो ।

    शान्ति बिथोल्ने यो घटनाबाट समाज चिन्तित थियो । तर त्योभन्दा पनि धेरै चिन्तित थिए यी प्रेमी-पे्रमिका । समाज दुई कित्तामा बाँडिएको थियो । परिवार र आफन्तहरू दुश्मनमा बदलिएका थिए । बाबु देवकोटाको फोनमा थारू विरुद्ध र रेश्मा महतोको फोनमा पहाडे विरुद्ध सन्देश आउँथे । प्रत्येक सन्देशले आफैंलाई गाली गरेजस्तो लाग्थ्यो उनीहरूलाई । परिस्थिति यति बिग्रियो कि २०७२ असोजमा गर्ने भनिएको विवाह २०७३ वैशाखसम्म धकेलियो ।

    तर प्रेमले ठूल्ठूला अवरोध सहजै सामना गर्न सक्दोरहेछ । समाजमा बलियो भएको हिंसा, शंका र शत्रुतालाई पनि बाबु र रेश्माको प्रेमले जित्यो । ५ वैशाखका दिन अछामी बाहुन र रैथाने थारू केटीबीच दुवैको सांस्कृतिक मान्यता अनुसार विवाह भयो ।

    वास्तवमा यो विवाह मात्रै थिएन । टीकापुरमा बिथोलिएको समाज र दुई विपरीत धारमा उभिएका समुदाय बीच एकअर्काको अस्तित्व र पहिचान स्वीकार गर्ने एउटा औपचारिक समारोह नै थियो ।

    दुलाहाका बुवा टंकप्रसाद देवकोटा छोराको त्यो विवाहलाई २० महीनापछि कसरी सम्झन्छन् ?

    टंकप्रसाद भन्छन्, “मुख्य कुरा छोरा-बुहारीको मन मिल्नु हो, मन मिलेपछि पहाडी, थारू भन्नुको अर्थ छैन ।” यस्तै प्रतिक्रिया छ रेश्माका बुबा उपेन्द्र महतो थारूको । उपेन्द्र भन्छन्, “को थारू, को पहाडी ? हामी सबै मानव हौं । सबै जातजाति एउटै मालामा गाँसिनुपर्छ ।”

    तर, नगाँसिएको माला

    टीकापुरको थारू-पहाडे सम्बन्ध अझै पनि संशयमै छ । रेश्माका बुबा उपेन्द्र महतोले भनेजस्तै मालाजस्तो भएकै छैन समाजको सम्बन्ध । टीकापुर आसपासका थारू समुदायको बाक्लो बस्तीमा पहाडी समुदायको व्यक्ति निर्धक्क भएर हिंड्न सक्ने अवस्था छैन । बाबु देवकोटा भन्छन्, “थारू समुदायका युवाहरू पनि पहाडी समुदायको बाक्लो बस्ती भएको ठाउँमा एक्लै हिंड्दा चनाखो हुनुपर्ने अवस्था छ अहिले पनि ।”

    टीकापुर घटना तत्कालको प्रतिक्रिया मात्रै नभएर लामो मनोविज्ञानको उपज थियो । यसका पछाडि प्रत्यक्ष-अप्रत्यक्ष कारण र घटना थिए । तत्कालीन माओवादीले हिंसात्मक आन्दोलन गर्दा कैलाली कञ्चनपुरलाई बर्दिया, बाँके र दाङसम्म समेटेर थारूवान स्वायत्त गणराज्य घोषणा गरेको थियो ।

    वर्गीय मुक्तिसँगै जातीय मुक्ति यसको केन्द्रीय नारा थियो । अधिकार र पहिचानको भनिएको यो लडाइँमा थारू समुदायको एउटा हिस्सा माओवादी आन्दोलनमा जोडिन पुग्यो । आन्दोलनका क्रममा करीब १७ सय थारूले ज्यान गुमाए र करीब ४०० बेपत्ता पारिए ।

    कैलाली, कञ्चनपुरलाई बाँके, बर्दिया र दाङसँग जोडेर थारूवान प्रदेश बनाउने माओवादी अभियानप्रति सुदूरपश्चिमका सबैजसो पहाडी समुदाय सहमत थिएनन् । मनमा एक प्रकारको उकुसमुकुस भए पनि हिंसात्मक आन्दोलन गरिरहेको माओवादी विरुद्ध खुलेर बोल्न सक्ने आँट कसैले गरेनन् ।

    तर माओवादी शान्ति प्रक्रियामा आएर हतियार र लडाकू समायोजन भएपछि त्यो उकुसमुकुस सडकमा पोखिन थाल्यो । थारूवान प्रदेश विरुद्ध अखण्ड सुदूरपश्चिम आन्दोलनले गति लिन थाल्यो । अखण्ड सुदूरपश्चिमलाई पहाडी समुदायले प्रतिष्ठाको विषय बनाए । माओवादी नेता लेखराज भट्ट समेत पार्टी नीति विरुद्धै भए पनि अखण्ड सुदूरपश्चिमको पक्षमा उभिए ।

    थारू समुदायले पनि माओवादीको मात्रै भर गरेनन् । थारू समुदायकै व्यक्तिको नेतृत्वमा थरूहट पार्टी गठन गरियो । माओवादीले भन्ने गरेको ‘थारूवान प्रदेश’ लाई नयाँ पार्टीले ‘थरूहट’ भन्न थाल्यो । प्रदेशको सीमा भने पश्चिम चितवनसम्म हुनुपर्ने प्रस्ताव थरूहटको रहृयो । ‘थारूवान’ र ‘थरूहट’ पक्षधरबीच पनि कतिपय विषयमा विवाद देखियो । तर, अखण्ड सुदूरपश्चिम पक्षधरहरू संगठित रूपमा अगाडि आउन थालेपछि थारूवान र थरूहट पक्षधर पनि एकठाउँमा उभिए ।

    पहिलो संविधानसभाको कार्यकाल सकिन लाग्दा अखण्ड सुदूरपश्चिम र थारूवान पक्षधरबीच विवादले उग्र रूप लियो । कैलाली कञ्चनपुरमा ३२ दिन लामो बन्द भएको त्यही बेला हो । पहिलो संविधानसभाको अवसानसँगै त्यो आन्दोलन पनि सामसुम भयो ।

    सुदूरपश्चिमका नौ जिल्लामा बहुमत रहेको एनेकपा माओवादी दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा झर्‍यो । कैलालीको १ र ३ नम्बर क्षेत्रबाट मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) विजयी भयो । थारूका पक्षमा उभिएको माओवादीले चुनाव हारे पनि फोरम लोकतान्त्रिकको जीतले थारू समुदायलाई निरास बनाएन, धेरथोर उत्साहित नै बनायो ।

    फोरम लोकतान्त्रिकलगायत अन्य मधेशकेन्दि्रत दलहरूले कैलाली कञ्चनपुरलाई सुदूरपश्चिमको पहाडबाट अलग गरेर थरूहटमा सामेल गर्ने अभियान शुरू गरे । गाउँ गाउँमा थरूहट आन्दोलनबारे प्रशिक्षण शुरू भयो । भेला र प्रशिक्षणले थारू समुदायका विशेषगरी युवामा पहाडी समुदायप्रति धेरै नै आक्रोश बढायो र थरूहट प्रदेशको पक्षमा झन् बलियोसँग लाग्न प्रेरित गर्‍यो । माओवादी कमजोर भए पनि आन्दोलन कमजोर भएन ।

    २४ साउन २०७२ मा प्रमुख तीन दलबीच नयाँ संविधानमा ६ प्रदेश कायम गर्ने सहमति भयो । त्यो सहमतिले कैलाली कञ्चनपुरलाई ६ नम्बर प्रदेशमा राख्यो भने बाँके, बर्दिया र दाङलाई ५ नम्बर प्रदेशमा पुर्‍यायो । त्यसको चर्काे विरोध गर्दै सुर्खेत र जुम्लामा समेत आन्दोलन भयो, त्यहाँ ४ आन्दोलनकारी मारिए ।

    त्यसपछि प्रमुख दलहरू बीच ५ र ६ नम्बर प्रदेशका जिल्लाको सीमा हेरफेर गरेर नयाँ ७ नम्बर प्रदेश बनाउने सहमति भयो । ४ भदौ २०७२ मा प्रमुख दलहरू मिलेर ७ नम्बर प्रदेश बनाए । यस पटक पनि कैलाली, कञ्चनपुरलाई बाँके, बर्दिया र दाङसँग होइन, सुदूरपश्चिमको पहाडी जिल्लासँग जोडेर राखियो ।

    थारू समुदायको जनसंख्या बर्दियामा ५३ प्रतिशत, कैलाली र दाङमा क्रमशः ४२ र ३० प्रतिशत छ । तर, यो क्षेत्रमा बहस भने सुदूरपश्चिम अखण्ड हुने कि नहुने भन्नेमा केन्दि्रत भयो । यसले थारू र पहाडी समुदायबीच अविश्वास झन् गहिरियो । राष्ट्रिय राजनीतिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पहाडी नेताहरूले समेत अखण्ड सुदूरपश्चिमलाई आˆनो प्रतिष्ठाको विषय बनाए । यसले थारू समुदायको मन बिथोलियो । २०७१/७२ मा आइपुग्दा टीकापुरका अधिकांश पहाडी समुदायले मनाउँदै आएको गौरा तथा थारू समुदायले मनाउने अट्वारी पर्व समेत उल्लासपूर्ण हुन छाडे ।

    संविधानको मस्यौदा तयार हुने क्रमसँगै अखण्ड सुदूरपश्चिम र थरूहट पक्षधरबीच वैमनस्यता चर्किंदै गयो । मधेशी दलका केही नेताहरूले धनगढीमा संविधानको मस्यौदा विरुद्ध विरोध कार्यक्रम राखे । अखण्ड सुदूरपश्चिम पक्षधरले त्यो कार्यक्रममा अवरोध गरे ।

    २८ साउन २०७२ मा थरूहट/थारूवान संयुक्त संघर्ष समितिले टीकापुरमा आमसभा गर्‍यो । सभामा मधेशकेन्दि्रत दलका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो र नेपाली कांग्रेसका सांसद् अमरेशकुमार सिंहले पहाडिया समुदाय विरुद्ध उत्तेजक भाषण गरे । तातिरहेको टीकापुरलाई यसले उमाल्यो । दिनहुँ जसो स-साना झडपहरू हुन थाले ।

    ७ भदौका दिन आन्दोलनकारीले सरकारी कार्यालयमा ‘थरूहट स्वायत्त प्रदेश’ लेख्ने कार्यक्रम थियो । कैलालीका थारू बाहुल्य क्षेत्रबाट आन्दोलनकारी जम्मा भए । प्रदर्शनकारीको संख्या बढाउन एक घरबाट महिला पुरुष गरी दुई जना अनिवार्य उपस्थिति हुनुपर्ने उर्दी जारी भयो ।

    सहभागी नहुने परिवारले एक हजार जरिवाना तिर्नुपर्ने भनियो । यही चेतावनीका कारण मुनुवा लट्कनियाका मेबालाल चौधरीले कक्षा ९ मा पढ्ने छोरा श्रवणलाई आन्दोलनमा सहभागी हुन पठाए । थारू समुदायको हजारौंको जुलूस छिमेकी गाउँहरू छिचोल्दै टीकापुरतर्फ बढ्यो । प्रदर्शनकारीहरूले शंकरपुर पुगेपछि सुरक्षाकर्मीलाई घेराबन्दीमा पारे । र, त्यो मानवीय क्षति भयो ।

    चुनावी माहोलले छोपिए जस्तो देखिए पनि यहाँका थारू र पहाडी समुदाय अहिले पनि एकअर्काप्रति सशंकित छन् । यस बारेमा एकजना शिक्षकले आफूले देखेको दृश्य हामीलाई बताए ।

    उनले भने “म बजारको एउटा पसलमा साहूजीसँग गफ गरेर बसिरहेको थिएँ । एक जना थारू सज्जन आफ्नी १२/१३ वर्षकी छोरीसँगै पसलमा आइरहेका थिए । छोरीले बाबुको हात समातेकी थिइन् । उनीहरू किनमेलका लागि आए जस्तो लाग्थ्यो । बाबु-छोरी किनमेलका लागि हामी भएको पसल छिर्नै लागेका थिए । त्यत्तिकैमा छोरीले बाबुको हातबाट आफ्नो हात झिकिन् र बाबुलाई तानेर नजिकै रहेको उस्तै सामानहरू भएको थारूको पसलमा लगिन् । उनीहरू किनमेल गरेर फर्किए । मेरो बुझाइमा म बसेको पसलमा नआउनुको कारण त्यो पहाडी समुदायको पसल थियो । समस्या यति गहिरो छ ।”

    टीकापुरमा कर्फ्यु लागेका बेला फूलबारी एफएमसहित करीब ७० वटा घर पसलमा लूटपाट, तोडफोड र आगजनी भयो । त्यसमा संलग्नहरूमाथि कुनै कारबाही नै भएन । लूटपाट, तोडफोड र आगजनीमा परेका मध्ये ९० प्रतिशत भन्दा बढी पसल तथा व्यापारिक प्रतिष्ठानहरू थारू समुदायका थिए । उनीहरूले सरकारबाट राहत समेत पाएका छैनन् । सरकारले क्षतिपूर्ति दिने आश्वासन दिए पनि हालसम्म पीडितहरूले क्षतिपूर्ति पाएका छैनन् । दोषीलाई कुनै कारबाही नहुनु र क्षतिपूर्ति समेत नपाउनुले थारू समुदायमा राज्यप्रतिको भरोसा कमजोर भएको छ । यसलाई उनीहरू आफू विरुद्ध योजनाबद्ध रूपमा गरिएको विभेद ठान्छन् ।

    वारेन्ट, पक्राउ र रिहाइको राजनीति

    १५ वर्षीय श्रवण चौधरी ७ भदौ २०७२ साँझ घर फर्किए । भोलिपल्टबाट आफ्नो नियमित काममा लागे । तर करीब २० दिनपछि प्रहरीले श्रवणलाई पक्राउ गर्‍यो । सुरक्षाकर्मीको हत्यामा संलग्न भएको भनेर ज्यान मुद्दा चलायो ।

    नाबालक छोरो पक्राउ परेपछि मेबालाल तनावमा छन् । मेबालाल भन्छन्, “१५ वर्षीय मेरो छोराले कसरी सुरक्षाकर्मीहरूको हत्या गर्‍यो ? दशौं हजारको जुलूस थियो । दिउँसोको त्यो झडपबाट बच्दै ज्यान जोगाएर साँझ घर आएकोे नाबालक छोरो सुरक्षाकर्मीहरूको हत्यामा संलग्न भयो भन्छन् । पत्याउने कुरा गर्नुपर्छ नि !”

    अनुसन्धानका लागि भनेर प्रहरीले श्रवणलाई लगेको २१ महिना भयो । उनी अहिले ज्यान मुद्दा खेपिरहेका छन् । नाबालक भएका कारण उनलाई सुधार गृहमा राखिएको छ । उनी कक्षा १० मा पढिरहेका छन् । छोराको मुद्दा लड्ने क्रममा १ लाख ५० हजार खर्च भइसकेको बताउँदै मेबालालले भने, “मुद्दा कहिले सकिने र छोरो घर र्फकने हो टुंगो छैन ।”

    आन्दोलनकारी नेताले नाबालकसहित ९ सुरक्षाकर्मीको ज्यान लिएको त्यो घटनाको जिम्मेवारी लिएनन् । उल्टै भागे । प्रहरी प्रशासनले त्यस घटनामा संलग्न भनेर जथाभावी धरपकड अगाडि बढायो । मेबालाल जस्ता परिवारहरू मारमा परे ।

    जिल्ला प्रहरी कार्यालय, कैलालीका मुद्दा फाँटका प्रहरी निरीक्षक ईश्वरी पाण्डेका अनुसार, “टीकापुर घटनामा संलग्न रहेको अभियोगमा २५ जनालाई पक्राउ गरिएको छ । तीमध्ये २३ जना पुर्पक्षका लागि थुनामा छन् । दुई जना नाबालकलाई पोखरास्थित सुधार गृहमा पठाइएको छ । पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।”

    टीकापुर घटनामा निर्दोष ब्यक्ति पनि पक्राउ परेका छन् भन्नेमा प्रायः सबै सहमत छन् । तर, २१ महिना बितिसक्दा पनि यो मामिला टुङ्गोमा पुगेको छैन । तराई मधेशमा भएका घटना छानबीन गर्न पूर्वन्यायाधीश गिरिशचन्द लालको संयोजकत्वमा एउटा समिति त गठन भएको छ तर, त्यसले टीकापुर मात्रै नभएर समग्र तराई मधेशका घटनाको छानबीन गर्ने भएकोले प्रतिवेदन आउन अझै समय लाग्ने देखिन्छ ।

    मुद्दा फिर्ताको विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा पनि परेको छ । त्यसको टुंगो नलाग्दासम्म टीकापुर घटनाको निकास सम्भव देखिंदैन । मुद्दा फिर्ता लिनुपर्छ र लिनै हुँदैन भन्ने लडाइँ अब चुनावी राजनीतिमा जोडिन आइपुगेको छ । जसले निर्दोषलाई थुनिराख्ने र रिहा गर्दा दोषीलाई समेत उम्काउने खतरा बढाएको छ ।

    टीकापुर प्रकरण सिंहदरबारसँग जोडिइसक्यो । मन्त्रिपरिषद्ले गत ४ जेठमा संविधान जारी हुनु केहीअघि र पछि तराईमा भएका आन्दोलनलाई राजनीतिक प्रकृतिको भन्दै त्यसमा संलग्नहरू विरुद्ध लागेका मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

    राष्ट्रिय मानवअधिकार आयोगले सरकारको उक्त निर्णयले ‘आपराधिक घटनालाई राजनीतिक रूप दिइएको’ भनेर खेद व्यक्त गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जिम्मेवारीपूर्वक छानबीन र अनुसन्धान नै नगरी आपराधिक घटनाका दोषीहरूलाई उन्मुक्ति दिनु दण्डहीनतालाई प्रश्रय दिनु हो ।”

    आन्दोलनमा भएको हत्या-हिंसा र त्यसपछि भएको अन्धाधुन्द गिरˆतारीको विषयलाई राजनीतिकरण गर्न नेताहरूलाई सजिलो भएको छ । नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य एवं टीकापुरका नेता प्रदीप चौधरी भन्छन्, “टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका र वारेन्ट जारी भएका सबैको एकसाथ विना शर्त मुद्दा फिर्ता हुनुपर्छ ।” २००७ सालदेखि २०६२/६३ सम्मका धेरै राजनीतिक आन्दोलनका क्रममा भएका हत्या-हिंसामा संलग्नहरूको मुद्दा फिर्ता भएको दृष्टान्त दिंदै उनले भने, “राजनीतिक मुद्दा फिर्ता नभएको भए प्रचण्ड र अहिलेका सभामुख कहाँ हुन्थे ?”

    तर, राष्ट्रिय मानवअधिकार सामाजिक तथा न्यायिक एलायन्सका केन्द्रीय उपाध्यक्ष एवं टीकापुर नागरिक समाजका संयोजक फिरुलाल चौधरी दोषी र निर्दोष छुट्याउनु जरूरी ठान्छन् । चौधरी भन्छन्, “दोषी र निर्दोष यकिन गर्नुपर्छ । मुद्दा फिर्ताका नाममा सबैलाई छोड्नु पनि हँुदैन, सबैलाई छोडियो भने दण्डहीनता बढ्छ । त्यसैगरी घटनामा संलग्न नै नभएका, घरमा बसेका व्यक्तिलाई पक्राउ गरिएको छ, उनीहरूलाई पनि तुरुन्तै छाड्नुपर्छ । २० महीनादेखि निर्दोष मानिस जेलमा छन् । छानबीन गर्न एक उच्चस्तरीय न्यायिक छानबीन समिति बनाउन सकिन्छ ।”

    बन्ध्यादेवी चौधरी, ज्यान मुद्दा खेपिरहेका बन्दी प्रदीप थारूकी आमा

    टीकापुर मुख्य बजारदेखि करीब चार किलोमिटर पश्चिममा लट्कनिया गाउँ पर्छ । हाम्रो परिवारलाई अहिलेसम्म चुनावले छोएको छैन । कक्षा १२ मा पढ्ने छोरो प्रदीपलाई प्रहरीले सुरक्षाकर्मीको हत्यामा संलग्न रहेको भनेर ज्यान मुद्दा चलाएको छ ।

    आन्दोलनमा जानुपर्ने उर्दी थियो । छोरालाई आन्दोलनमा पठाएका थियौं । बडघरले जानै पर्ने नियम लगायो । नगए एकहजार जरिवाना तिर्नुपर्ने उर्दी थियो । हाम्रो बस्तीमा बडघरले भनेको मान्ने परम्परा छ ।

    आन्दोलनमा गएको छोरो साँझ घर आयो । २०/२५ दिनपछि प्रहरीले पक्राउ गर्‍यो । त्यसपछि पनि राति आएर घरमा तीन/चार पटक खानतलासी गर्‍यो । छोराका कागज पत्र र फोटाहरू लग्यो । मेरो छोराको पढाइ बरबाद भयो ।

    फोरम लोकतान्त्रिकका सभासद् जनकलाल चौधरी गाउँको बिहेमा आएको बेला एकछिन हाम्रो घरमा पनि आएका थिए । त्यस बाहेक छोरो पक्राउ परेपछि कुनै नेता हामीलाई भेट्न आएका छैनन् । २० महिनादेखि छोरो जेल पर्दा कुनै वास्ता नगरेका नेता अहिले लाजै नमानी भोट माग्न आइरहेका छन् । मेरो छोरो नछुट्दासम्म हाम्रो परिवारका सदस्यहरूले कसैलाई भोट दिंदैनन् ।

    जंगबहादुर साउद, मारिएका १८ महिने बालकका हजुरबुबा

    टीकापुर मालिका टोलका जंगबहादुर साउदको बगैंचामा लटरम्म लिची फलेको छ । घरका सबैभन्दा पाका अभिभावक केटाकेटीलाई लिची टिप्दै खुवाउँदै थिए । उनले यो संवाददातालाई पनि लिची दिए । केटाकेटीहरूले लिची खाँदै गरेको बेला उनलाई २१ महीना पहिले भएको टीकापुर घटनामा मारिएका आफ्ना नातिको सम्झना आयो । क्षणभरमै उनको अनुहार अँध्यारो भयो ।

    भारी मन बनाएर उनले भने “मेरो नाति (टेकबहादुर साउद) पनि अहिले यिनै केटाकेटीसँग लिची खाँदै रमाउँथ्यो होला । के गर्नु पापीहरूले गोली हानेर मारिदिए । अहिले नेताहरू भोट माग्न आउँछन् र फर्किन्छन् । घटनाको बारेमा कुरै निकाल्दैनन् । राजनीतिमा चासो राख्ने भए पनि मलाई यो चुनावले छोएकै छैन । नाति नमारिएको भए म आफैं पनि चुनाव लड्थें । नलडे पनि भोट माग्न त अवश्य जान्थें ।”

    सरकारले टीकापुर घटनालाई राजनीतिक घटना भन्यो भन्ने सुनेर अचम्ममा परेको बताउने साउद भन्छन्, “घरको बरन्डामा खेलिरहेको नाबालकलाई गोली हानेर मार्ने, प्रहरीलाई भालाले घोची-घोची सिलौटाले हानेर मार्ने घटना कसरी राजनीतिक हुन्छ ? मुद्दा फिर्ता गर्‍यो भने म सरकार विरुद्ध कानूनी लडाईं लड्छु ।”

    घटनामा संलग्न नभएका व्यक्ति पनि पक्राउ परेका छन् भन्ने आफूले पनि सुनेको बताउँदै साउदले भने “छानबीन गरेर निर्दाेष छन् भने तिनलाई छाडिदिनुपर्छ । तर राजनीतिक घटना भनेर पक्राउ परेका सबैलाई कुनै पनि हालतमा छोड्नुहुँदैन ।”

    टीकापुर घटना भन्नासाथ टेकबहादुरकी आमा यशोदाका आँखा रसाइहाल्छन् । उनको व्यवहार पहिले भन्दा फरक छ । कम बोल्छिन् । उनी भन्छिन्, “भोट दिन जान्छु कि जान्न थाहा छैन । तर छोराका हत्यारालाई कारबाही हुनुपर्छ ।”

    पवित्रा साउद मारिएका सशस्त्र प्रहरी हबल्दार ललित साउदकी श्रीमती

    “दुई वटा बच्चा छन् । सशस्त्र प्रहरीबाट मैले राहत पाएँ । त्यही पैसाले टीकापुर बजारमा घर बनाउँदैछु । श्रीमान्को हत्यामा संलग्न दोषीलाई कारबाही हुनैपर्छ ।

    सरकारले मुद्दा फिर्ता लिंदैछ रे भन्ने सुनेकी छु । मुद्दा फिर्ताका सम्बन्धमा मलाई कसैले केही सोधेको छैन ।

    सरकारले मृतकका परिवारलाई जागिर दिने भनेको थियो । मेरो उमेर २४ वर्ष भयो । ९ कक्षासम्म पढेकी छु । वृद्ध ससुरा र दुई वटा बच्चाको पालनपोषणको जिम्मेवारी छ । घरपरिवारको खर्च धान्न म जागिर खान चाहन्छु । मलाई जागिरको व्यवस्था गरिदिनु पर्‍यो ।

    घरमा भोट माग्नेहरू आइरहेका छन् । मलाई भोट दिनोस् हामी तपाईंलाई सहयोग गर्छाैं भन्छन् ।

    केही गर्लान् भन्ने विश्वास छैन । तैपनि भोट हाल्न जान्छु ।”

    प्रदीप चौधरी, लूटपाटमा परेका र आगजनीमा घर जलाइएका नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य

    “घटना हुँदा म घरमा थिइनँ । श्रीमती एक्लै थिइन् । उनले छिमेकीको घरमा लुकेर ज्यान जोगाइन् । घरमा तोडफोड, लूटपाट र आगजनी गरियो । यस्तो अवस्थामा पनि म एक हप्तासम्म आफ्नो घर जान सकिनँ । सुरक्षा व्यवस्था राम्रो नभएका कारण बाहिरै बस्नुपर्‍यो ।

    क्षतिको विवरण संकलन गर्न टीकापुर नगरपालिकाका प्रमुख मित्रमणि पोखरेलको संयोजकत्वमा गठित छानबीन समितिको प्रतिवेदनमातोडफोड, लूटपाट र आगजनीबाट मेरो मात्रै करीब १ करोड ९८ लाखको क्षति भएको उल्लेख छ । तर, घटना भएको २० महीना बितिसक्यो म लगायत आगजनी र लूटपाट घटनाका पीडितले क्षतिपूर्ति बापत एक रुपैयाँ पनि पाएका छैनौं ।”

    टीकापुर नगरपालिकामा ३९ हजार १९२ मतदाता छन् । करीब ६० प्रतिशत पहाडी र ४० प्रतिशत थारू समुदायको बसोबास छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र तीनवटै दलले नगरपालिकाको मेयर पदमा पहाडी समुदायबाट उम्मेदवार उठाएका छन् । नेपाल लोकतान्त्रिक फोरमबाट भने मेयर र उपमेयरमा थारू समुदायका उम्मेदवार छन् ।

    मसिनो स्वरमै भए पनि टीकापुरमा पनि शान्ति र समृद्धि चुनावी नारा बन्न थालेको छ । चाँडै माता-पिता हुन लागेका बाबु देवकोटा र रेश्मा चौधरीलाई पनि शान्त र सुखी टीकापुर चाहिएको छ । बाबु भन्छन्, “पहिले त घटनाको राम्रो छानबीन हुनुपर्छ । दोषीलाई कारबाही र निर्दोषलाई रिहा गर्नुपर्छ । घटनाका पीडितहरूलाई क्षतिपूर्ति दिनुपर्छ ।” रेश्माले थपिन्, “दोषीलाई कारबाही भयो, निर्दोषहरू छुटे र पीडितले क्षतिपूर्ति पाए भने टीकापुरमा दिगो शान्ति हुन्छ । अबका मेयर/उपमेयरले सोचून् ।”

    स्रोत-खोज पत्रकारिता केन्द्र

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौँ–८ बाट उज्यालो नेपालका उम्मेदवार राजन खड्गी, १५ वर्षको सम्पदा–संघर्षपछि “सडकदेखि सदनसम्म”को राजनीतिक यात्रा

    कास्की–२ मा जेन–जी पुस्ताको विद्रोही आवाज: स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलको उद्घोष – “अब भाषण होइन, काम गरौँ”

    रौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा

    पीएचडी अध्ययनरत भक्तपुर–२ मा उज्यालो पार्टीका उम्मेदवार जितराम लामा, सुशासन र समावेशी विकासको एजेन्डा

    विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने

    रास्वपा उम्मेदवार चढेको गाडीको ठक्करबाट ४ बर्षिय बालिकाको मुत्यु, चालक फरार

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

    पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

    चुनावको लागी आजबाट झन्डै ८० हजार, सेना परिचालन, तिन तहको कडा सुरक्षा

    अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ: प्रधानमन्त्री कार्की

    मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ?

    झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल

    रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

    सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी

    एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

    यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा

    मेरो लोकप्रियता कामको परिणाम हो, उद्देश्य होइन : डा.सुनील शर्मा

    कामनपाद्धारा ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिमा रास्वपाको गम्भीर ध्यानाकर्षण

    निर्वाचन गराउन सरकारले नेपाली सेनालाई २ अर्ब रुपैया दिने

    गाईको मासु खान पाउनुपर्ने अभिब्यक्ति दिएका खगेन्द्र सुनारलाई ३ बर्ष कैदको माग

    फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक

    दरबारमार्गस्थित होटल उडल्याण्डको डान्स क्लबमा आगलागी, करोडौँको क्षति

    काठमाडौंमा लुटपाटमा संलग्न समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक जना घाइते

    प्रतिनिधिसभा निर्वाचन : काठमाडौं क्षेत्र ३ मा हाइ–प्रोफाइल भीडन्त, कुलमानको परीक्षा

    बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

    ‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ’ भन्ने आवाज संसदसम्म लैजान चाहन्छु : असिममान सिंह बस्न्यात

    सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून

    जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

    राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृहको आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

    ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप, भने – ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न

    पार्टीको नेतृत्व र नीति परिवर्तन गर्यो अब देशको नेतृत्व परिवर्तन गछौः प्रदिप पौडेल

    अभिभावकीय भूमिकामै रहने भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता

    सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन् : तारा लोचन न्यौपाने

    रेशम चौधरीको उम्मेदवारी खारेज

    एमाले भूगोलमै छ, गूगलमा होइन र एकता मजबुत छ : शेरबहादुर तामाङ

    प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

    कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

    झापा एमालेले भन्यो– हिजो रास्वपाका कार्यकर्ताले हाम्रा २ जना कमरेडको सुनको सिक्री लुटे

    फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

    उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ

    राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, कुन क्षेत्रमा को ?

    शिक्षामन्त्री पुनले दिए राजीनामा

    राजीनामा दिदैं सञ्चारमन्त्री जगदिश खरेल, रास्वपा ललितपुर–२ बाट उम्मेदवार बन्ने

    अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

    जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन्

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन

    युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

    डा. बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बन्ने घोषणा

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिए राजीनामा

    मेयर पदबाट बालेनले दिए राजीनामा

    घण्टीघर पुगे बालेन र सुदन

    रास्वपा आफैं जेनजी हो, जेनजीका माग पूरा गर्न दुई तिहाइ ल्याउँछौं: गणेश पराजुली

    निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

    महेश बस्नेतको आरोप- कांग्रेस-एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको विदेशी शक्तिसँग मिलेमतो छ

    सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने

    बालेनका दाहिने हात राजु पाण्डेले दिए राजिनामा, रास्वपाको टिकट लिएर काठमाडौंबाट चुनाव लड्ने !

    वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता

    सोमबार जनकपुरमा रवि र बालेन पहिलोपटक एउटै मञ्चमा उभिँदै

    विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाबीच ४ बुँदे सहमति

    नेतृत्व मात्रै फेरिएको हो, पार्टी फुटेको छैन: गगन थापा

    विशेष महाधिवेशनका निर्णयहरु अद्यावधिक गराउन निर्वाचन आयोग पुगे गगन थापा

    रविमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

    आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?

    गगन र विश्वप्रकाशलाई कारवाहीको निर्णय सुनाउदा भावविह्रल भए खड्का, भने– कांग्रेस पार्टी बचाउन सकिन

    देउवाले गगन–विश्वप्रकाश सहितका नेतालाई कांग्रेसबाट निकाले

    बालुवाटार घेर्न आव्हान गर्दै ५० लाख म्यासेज पठाउने निर्देश सेढाई पक्राउ

    कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

    कांग्रेस महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारी

    मुद्धा फिर्ता गरिदिन माग गर्दे महान्यायधिवक्ता कार्यालयमा रवि लामिछानेको निवेदन

    कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापा एक्ला उम्मेदवार

    सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

    गगन थापाप्रति सुुर्य थापाको टिप्पणीः एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन

    विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

    २९ पुसको उपत्यका बन्द सफल पार्न संयुक्त विद्यार्थी संगठनहरूको अपिल

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

    रिमाले कुलमान छोड्ने रवि समाउने, रास्वपाले हटाएन समानुपातिक सुचीबाट नाम

    गायक तथा अभिनेता प्रशान्त तामाङको मुत्यु

    काठमाडौं–२ बाट युवा ब्यवसायी अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा, संविधान संशोधन र राजनीतिक स्थायित्व मुख्य एजेन्डा

    कुलमान घिसिङ र रास्वपाबिचको एकता भंग, उनेपाको अध्यक्ष बने कुलमान

    सबै मिलेर लखेटे राजीनामा दिएरै भएपनि अमेरिका जान सक्छु : खेलकुदमन्त्री गुप्ता

    गगन–विश्वप्रकाशलाई साथ दिदै विशेष महाधिवेशनको पक्षमा चन्द्र भण्डारी, २७ गते सभापति देउवा पनि आउनुहुन्छ

    वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन

    बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिइने, नियमावली कार्यान्वयन

    एनआरएनए अमेरिकाले भन्यो– खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन

    विशेष महाधिवेशनले कांग्रेस विभाजित हुँदैन, भए म पहिला बाहिरिन्छु : विश्वप्रकाश शर्मा

    रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’

    हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग

    विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक

    स्वर्णिम वाग्लेलाई रवि लामिछानेको निर्देशनः आगामी बर्षको लागी बजेट लेख्न सुरु गर्नुहोस्

    दलित अभियन्ता खगेन्द्र सुनार राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित

    छवि विग्रेर ०७९ को चुनाव हारेका महेश बस्नेत फेरी भक्तपुर–२ बाट सिफारिस

    फागुन २१ को निर्वाचनका लागि ८० हजार सैनिक परिचालन

    ओली र प्रचण्डबीच आधा घण्टा भेटवार्ता, कांग्रेससहित चुनावी तालमेलबारे छलफल

    कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

    पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

    कमला दर्जी भन्छिन्: ‘कोही झ्याल फुटाएर, कोही इमरजेन्सी ढोकाबाट निस्किए’

    ६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टको अनशन टुट्यो

    शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने

    गोरखा–२ बाट चक्रे मिलनलाई एमालेले गर्‍यो प्रतिनिधिसभा उम्मेदवार सिफारिस

    मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य

    रवि र छविलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

    रास्वपा छाडेपछि सुमना श्रेष्ठको कडा सन्देश: ‘प्रश्न दबाउने राजनीति लोकतन्त्रको अन्त्य हो’

    पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश

    ९ दिनदेखी माइतीघरमा अनसनरत डा. निकोलसको स्वास्थ्य अवस्था गम्भीर, अस्पताल लगियो

    रास्वपाले प्राइमरी भोटिङकै धज्जी उडायो, पदाधिकारीलाई समानुपातिकमा नराखौंः तोषिमा कार्की

    रवि, बालेन र कुलमानको एकता कुखुरा, बाख्रा र स्यालको मोर्चाबन्दी, बाघ–सिंहसँग मुकाबला गर्न सक्दैनः ओली

    रास्वपाले जेन–जी सहिद रसिक खतिवडाकी आमा रचनालाई समानुपातिक उम्मेदवारमा समेट्यो

    रास्वपा, कुलमान घिसिङ र बालेन शाहबीच चुनावी सहमति

    जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

    व्रिटिस कलेजका विद्यार्थी भन्छन् : थोरै पीडित हुँ तर निराधार आरोप लाग्यो, अतिरन्जित गरियो

    रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का

    रास्वपा र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति

    काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

    रवि लामिछाने–बालेन शाह एकता नजिक, वैकल्पिक राजनीतिक शक्तिको नयाँ मोर्चा तयारी

    रवि लामिछाने र बालेन साहबीच भेट, छलफलबारे दुवै मौन

    क्रिसमस मानव जीवनमा शान्ति, प्रेम र उद्धारको सन्देश बोकेको पर्व हो : डा. बालकृष्ण शर्मा

    ललितपुरमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

    यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद (नामावलीसहित)

    झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

    रवि र बालेनबिच ६ घण्टा वार्ता, फागुन २१ को चुनावमा एक भएर जाने

    पृश्वीनारायण शाहको तस्विर बारे नेपाली सेनाले भन्योः राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि समाचार कमेन्टमा

    प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठक सिंहदरबारमा सुरु, को–को छन् सहभागी ?

    अष्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या बढ्दो, एक महिनामै सिडनीबाट १० शव नेपाल पठाइयो

    पृश्वीको एक तिहाइ भन्दा बढी जनसंख्या चरम तनावमा बाँचिरहेका छन्

    मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

    धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा, कारागार बाहिर समर्थकको भीड

    डीभी कार्यक्रम बन्द गर्ने ट्रम्पको घोषणा

    धरौटीमा रिहा हुने आदेशपछि निकिता पौडेलको प्रतिक्रिया: ‘रविमाथि योजनाबद्ध प्रतिशोध साँधियो’

    रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतले आदेश

    जेलदेखि सत्तासम्म : अध्यक्षमा ‘ह्याट्रिक’ गरेका केपी शर्मा ओलीको संघर्ष र उदय

    एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?

    ओलीका प्रमुख राजनितिक सल्लाहकार रिमाललाई नै पत्याएनन् एमाले प्रतिनिधिले

    ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

    पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ (अन्तरवार्ता)

    पत्रकार राजिब खत्री रास्वपामा प्रवेश, समर्थकहरुले गरे भब्य स्वागत

    सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

    एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु

    डीएसपी युकेश उप्रेतीको साइकलबाटै मेची–महाकाली यात्रा: सीमा सुरक्षा र सीमावासीका समस्या बुझ्न ऐतिहासिक पहल

    नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे..

    एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी

    महाधिवेशन प्रतिनिधिलाई रक्षा बमको खुल्लापत्रः केपी ओलीको हात हाम्रो पुस्ताको रगले रंगिएको छ, के तपाईहरु पनि त्यसको भागीदार बन्न तयार हुुनुहुन्छ ?

    गभर्नर पौडेलको बर्खास्ती माग गर्दै जेन–जी युनाइटेडले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र

    एक्ट्रा अर्डिनरी ग्रिनकार्डमा धुर्मुसको स–परिवार अमेरीका सिफ्ट

    ओलीकै बचाउमा झाँक्रीः गोली चलाएकै भरमा पुर्व प्रधानमन्त्रीलाई अपराधिक अभियोग लगाउन खोजे राज्य संयन्त्र ध्वस्त हुन्छ

    नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असईको लागि नयाँ जेनजी युवा (विज्ञापनसहित)

    सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी (विज्ञापनसहित)

    एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया

    सरकार–जनजीविचबीच १० बुँदे सहमति: सत्ता जोगाउन आंशिक माग मात्र सम्बोधन, मुख्य मुद्दा भने पन्छाइयो

    कविता: आत्मसमर्पण

    पुर्व गृहमन्त्री रमेश लेखकको जवाफः बिषम परिस्थितिले बल प्रयोग भयो, मेरो कुनै दोष छैन

    प्रहरीकै असईलाई कान्छी श्रीमती बनाएपछि बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

    कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा सक्रिय छन्

    एमालेका केही नेताहरूको दृष्टिकोणले पार्टीको मूल सिद्धान्त नै जोखिममा पर्यो : महासचिव भोटे

    तस्विरमा जेनजी आन्दोलनमा जलाइका सरकारी भवनहरु

    न्यायको खोजीमा भौतारिएको थिएँ, सर्वोच्चको फैसलाले राहत दियो : हितेन्द्रदेव शाक्य

    प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने, पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन्

    वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

    गृहमन्त्री अर्यालविरुद्ध देशभर प्रदर्शन गर्ने सुदन गुरुङको चेतावनी

    एकैपटक ५ पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

    असईले गरे ब्रेन ट्युमर भएका ४ महिने छोराको हत्या

    लेटाङकी अंशु गौतम हत्या प्रकरणः यिनै हुन ती छिमेकी जस्ले १२ बर्षिय अंशुलाई जंगलमा लगेर घाँटी रेटी विभत्स हत्या गरे

    काठमाडौं–४ बाटै चुनाव लड्ने गगन थापाको घोषणा

    युवा पुस्ताको हुटहुटीलाई कांग्रेसले सम्बोधन गर्नैपर्छ ः डा. डिला संग्रौला

    जेनजी आन्दोलनले एमालेभित्र युवा पुस्ताको प्रतिनिधित्व जरुरी देखियो: पद्यमा अर्याल

    आरजु राणा, रमेश लेखकसहित १० जनालाई ज्यान मार्ने धम्कि, प्रहरीले बढायो सतर्कता

    भारत आइपुगे रुसका राष्ट्रपति पुटिन, गल्याम्म अंगालो हालेर मोदीले गरे स्वागत

    प्रभु बैंकलाई नोक्सानी पुर्‍याएको आरोपमा गुण समूह अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

    एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन मानव र पृश्वस्कै हितमा केन्द्रित छः केपी ओली

    एआईले नेपाललाई विश्वस्तरमा उकास्न सक्छ, तर पूर्वाधार र नीति आवश्यक छः उज्वल राय

    कांग्रेसको नेतृत्व परिवारमा फर्काउन सक्रिय कोइराला दाजुभाइ, शशांकको घोषणा— ‘शेखर दाई र ममध्ये एक जना सभापतिमा लड्छौँ’

    धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु

    नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारले नियमित निःशुल्क उपचार

    पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

    यूनिफर्ममै ‘चियादानी’ पुगेका IGP कार्की : जेनजी आन्दोलनका अगुवा संचालकको चिया पसलले फेरि किन बन्यो समाचार ?

    जेनजीले प्रधानमन्त्रीलाई बुझाए जेनजी आन्दोलनकारी र राज्यपक्षबीचको सम्झौताको मस्यौदा (पूर्णपाठ)

    तेस्रोलिंगी समुदायको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

    भेटघाटमा ओली : देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह

    आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

    नेपाललाई इंग्ल्याण्डको १८५ रनको लक्ष्य

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

    सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

    बालेनले दिए विश्वकप खेल्न लागेको क्रिकेट टोलीलाई शुभकामना

    गृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा, निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन

    अभिनेता थापाको असामयिक निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा

    यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

    काठमाडौँ–८ बाट उज्यालो नेपालका उम्मेदवार राजन खड्गी, १५ वर्षको सम्पदा–संघर्षपछि “सडकदेखि सदनसम्म”को राजनीतिक यात्रा

    कास्की–२ मा जेन–जी पुस्ताको विद्रोही आवाज: स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलको उद्घोष – “अब भाषण होइन, काम गरौँ”

    रौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा

    पीएचडी अध्ययनरत भक्तपुर–२ मा उज्यालो पार्टीका उम्मेदवार जितराम लामा, सुशासन र समावेशी विकासको एजेन्डा

    विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने

    रास्वपा उम्मेदवार चढेको गाडीको ठक्करबाट ४ बर्षिय बालिकाको मुत्यु, चालक फरार

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

    पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

    चुनावको लागी आजबाट झन्डै ८० हजार, सेना परिचालन, तिन तहको कडा सुरक्षा

    अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ: प्रधानमन्त्री कार्की

    मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ?

    झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल

    रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

    सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी

    एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

    कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हिमपात र वर्षाको सम्भावना

    आज स्वस्थानी व्रत समापन, देशभर विधिपूर्वक पूजा–आराधना

    फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा

    कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै

    सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    सम्भव र कार्यान्वयनयोग्य कार्यक्रमसहित घोषणापत्र ल्याउन दलहरुलाई मल्लको आग्रह

    आर्थिक

    ४ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

    २७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

    आज एकैदिन ९ हजारले घट्यो सुनेका मुल्य, तोलाको कति पुग्यो ?

    होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    कामना सेवा विकास बैंकको ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड सम्पन्न

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑