सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २६ । ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीय युवती पक्राउ परेकी छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरले पाटन, सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो । बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छन् ।
आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन साथीहरुलाई ठगी गरेको उनको भनाइ छ ।
नक्कली कम्पनी खडा गरी आफ्नै साथीहरुलाई फर्म भर्न लगाई बज्राचार्यले ठगी गरेको ललितपुर परिसरका प्रवक्ता डिएसपी इश्वर कार्कीले बताए । ‘उनले जागिर लगाइदिने भन्दै फर्म भर्न लगाएर प्रतिव्यक्ति तीनदेखि १५ हजार रुपैयाँसम्म लिएकी थिइन्,’ डिएसपी कार्कीले भने, ‘तर जागिर लगाउन नसकेपछि पीडितहरु प्रहरीमा आएका हुन् ।’ –नयाँ पत्रिका दैनिकबाट
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा