• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

      बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

      आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    होमपेज /  राजनीती

    ओलीको दम्भले कोही कसैको फाइदा गर्दैन, स्वयम् एमालेलाई पनि फाइदा गर्दैन : प्रचण्ड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ २३, मंगलबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६३ पटक पढिएको
  • काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण दिशामा मुलुक अगाडि बढेको बताउनुभएको छ ।

    व्यवस्थापिका–संसद्को आजको बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण आधारका रुपमा स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढेको र त्यसले हिमाल, पहाड र तराईबीचको एकतालाई कायम गरेको बताउनुभयो । संविधान गतिशील दस्तावेज भएकाले संशोधन हुँदै जाने भन्ने प्रतिबद्धता विगतमा व्यक्त गरिएको स्मरण गर्दै उहाँले थारु, मधेसी र आदिवासी जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास जारी रहेको र त्यो निकट भविष्यमा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

    संविधान संशोधन विधेयकमाथि खुला दिलले छलफल गर्नु आवश्यक छ भन्दै प्रधानमन्त्रीले आन्दोलनरत पक्ष, प्रतिपक्ष र सत्तापक्ष सबैलाई स्वीकार गर्न सक्ने गरी तयार गरिएको प्रस्तावलाई सकारात्मक निष्कर्षमा पु¥याउनु जरुरी रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय एकतालाई कायम राख्न कोही न कोहीले त्याग गर्नु जरुरी छ भन्दै उहाँले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने जस्तो दृष्टिकोणले काम नगर्ने भएकाले प्रतिपक्षले पनि राष्ट्रिय आवश्यकतालाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा सरकार गठनका समयमा नै भएको सहमतिअनुसार नै आफूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगाडि राजीनामा दिएको जानकारी उहाँले दिनुभयो ।

    काँग्रेसका सभापति शेरबहादुर देउवाले दबाब दिएर प्रधानमन्त्रीबाट राजीनामा दिएको होइन भन्दै प्रधानमन्त्री दाहालले आफूले राजनीतिमा इमान र नैतिकता पनि छ भन्ने स्थापित गर्न चाहेको उल्लेख गर्नुभयो ।

    संविधान घोषणा भएपछि गठन भएपछि एमाले र आफ्नो पार्टीबीच भएको समझदारी तोडिएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विगतदेखि नै सरकारका सन्दर्भमा भएका सहमति तोडिएको अवस्थामा अब राजनीतिमा इमान र नैतिकता छ भन्ने स्थापित भएको उल्लेख गर्नुभयो ।

    निर्वाचन आयोगले गर्ने नियमित कामको विषय संसद्मा ल्याएर घोलमेल गरिएको छ भन्दै प्रधानमन्त्री दाहालले भरतपुर प्रकरणको विषयलाई लिएर संसद् अवरुद्ध गर्नु लोकतन्त्रको प्रमुख पक्ष कसरी हुन गयो प्रश्न गर्नुभयो । भरतपुर प्रकरणमा मतपत्र च्यातिएको विषय सुन्नेबित्तिकै आफूले सो कार्य सही होइन भनी निर्वाचन आयोगलाई बोलाएर कानुनअनुसार गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

    प्रधानमन्त्रीले भरतपुर प्रकरणमा आफ्नो पार्टी र आफूलाई अनपेक्षित रुपमा आरोप लगाइएको, गलत प्रचार गरिएको र प्रमुख प्रतिपक्षले राजनीतिक लाभ उठाउन नाजायज विषय उचालेको आरोप लगाउँदै प्रधानमन्त्रीले एउटा घटनालाई देखाएर गलत प्रचार गरिनु मुलुक र जनताका लागि जायज र फाइदाजनक विषय नभएको स्पष्ट पार्नुभयो । भरतपुरमा सबैभन्दा बढी ध्यान गएकाले निष्पक्ष र भयरहित रुपमा चुनाव सम्पन्न हुने र अन्य क्षेत्रका लागि पनि सकारात्मक उदाहरण हुने स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्रीले भन्नुभयो, “इतिहासदेखि आजसम्म मैले व्यक्त गरेको लोकतन्त्रप्रतिको निष्ठाको कति प्रमाण चाहियो ? बाह्रबुँदेदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा आफ्नो पार्टीले गरेको त्याग र बलिदानको कति प्रमाण चाहियो ? प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि मेरो प्रश्न छ ।”

    प्रतिपक्षलाई विश्वासमा नलिइएको भन्ने एमालेको भनाइ जायज नभएको स्पष्ट पार्दै उहाँले संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत अन्य विषयमा आफूले निरन्तर छलफल र संवाद गरेको स्मरण गराउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “प्रमुख प्रतिपक्षी दलमा सबैभन्दा बढी दम्भ देखिएको छ । त्यो दम्भले कोही कसैको फाइदा गर्दैन, स्वयम् एमालेलाई पनि फाइदा गर्दैन ।”

    नेपाली सेनाले नै पहल लिएर काठमाडौँ तराई मधेस द्रुतमार्ग अगाडि बढेको र आफूले प्रधानमन्त्रीको हैसियतले शिलान्यास गरेको जानकारी दिँदै प्रधानमन्त्रीले आफूलाई त्यसमा जस नचाहिएको धारणा राख्नुभयो ।

    राजनीतिक दललाई मिलाएर देशमा आर्थिक एवम् औद्योगिक वातावरण नबनाएको भए र विद्युत्भार कटौती अन्त्य नगरेको भए आर्थिक वृद्धि ७.२ प्रतिशतको हाराहारीमा विगतको बजेटले मात्रै नहुने स्पष्ट पार्नुभयो । राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने विषयमा प्रमुख दलबीच अझै सहमतिको आवश्यकता छ भन्दै उहाँले कोही कसैको मानमर्दन गरेर राष्ट्रिय आवश्यकता भुल्न नहुने र राष्ट्रिय अपेक्षा विपरीत जान नहुने धारणा राख्नुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले बिजयी

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले बिजयी

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑