सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २३ , काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा हुनुभएको छ । मंगलबार बिहान सवा एघार बजे उहाँ आफ्ना सहकर्मीहरूसँग बिदा लिएर सर्वोच्च परिसरबाट बाहिरिनु भयो । सर्वोच्च अदालतको बहुचर्चित प्रधानन्यायाधीशका रूपमा काम गर्नु भएकी कार्कीले बिदा हुने बेला सहकर्मीहरू पुष्पगुच्छा, खादा र कुनै प्रकारको उपहार नलिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
उहाँको कार्यकाल बुधबार(जेठ २४ गते) सकिँदै थियो । नयाँ प्रधानन्यायाधीशको चयनमा ढिलाइ भएकाले हाललाई कार्कीको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुली स्वतः कामु प्रधानन्यायाधीश बन्नेछन् ।६५ वर्षीय उमेरहदका कारण प्रधानन्यायाधीश कार्कीले मंगलबार अवकाश पाउँदैछिन्।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा