सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्।
बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन्।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो।
उनले बिहीबारको बैठकबाट विश्वास मत लिने तयारी गरे पनि बहुमत पुग्ने नदेखिएपछि पदबाट राजीनामाको घोषणा गरेका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा