सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ । माघ राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।
महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् ।
अपांगता भएकातर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।
प्रमुख प्रतिपक्षी दल एमालेले अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपांगतातर्फ रामचन्द्र जोशीलाई उठाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा