सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३० । नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसालको मनोनयनलाई स्थायी कमिटीबाट अनुमोदन गराएको छ । शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटीको बैठकले भुसालको मनोनयनलाई अनुमोदन गरेको महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।
शनिबार नै बसेको पार्टी सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
शुक्रबार मात्रै भुसाल स्वघोषणा गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनले चुनावअघि एमाले परित्याग गरेका थिए ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा