सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३० । नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसालको मनोनयनलाई स्थायी कमिटीबाट अनुमोदन गराएको छ । शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटीको बैठकले भुसालको मनोनयनलाई अनुमोदन गरेको महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।
शनिबार नै बसेको पार्टी सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
शुक्रबार मात्रै भुसाल स्वघोषणा गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनले चुनावअघि एमाले परित्याग गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा