यज्ञराज उपाध्याय सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवारको सुरुवाती अग्रता कायम छ ।
दिउँसो २ बजेको अपडेट अनुसार प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको आधाभन्दा बढी अर्थात् ३५ हजार १५० मतगणना हुँदा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ १६ हजार २५५ मतसहित अगाडी छन् ।
उनलाई नेपाली काङ्ग्रेसका रामजनम चौधरीले ९ हजार ७९२ मत ल्याउदै पछ्याइरहेका छन् । यी दुईको मतान्तर ६ हजार ४६३ रहेको छ । नेकपा (एमाले) का तपेन्द्र रावलले ३ हजार ५११, राप्रपाका लोकेन्द्र कुँवरले १ हजार ९४४, राष्ट्रिय स्वतन्त्र पार्टीका टंक प्रसाद जैशी (ढुंगाना)ले १ हजार ९७ मत ल्याएका छन् भने १ हजार ९४८ मत बदर भएका छन् ।
जम्मा ६४ हजार ९९९ मत खसेकोमा अब २९ हजार ८४९ मतगणना हुन बाँकी छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा