सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ०६ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज ५०० रुपैयाँले मूल्य बढेको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ८०० रुपैयाँ थियो ।
यसैगरी,आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ११ सय ८० रुपैयाँ छ । हिजो बुधबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ कायम थियो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा