सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषिलाई बढी प्राथमिकतामा राखेको छ । कृषकहरुलाई अनुदान दिने कार्यक्रमसहित कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको हो ।
गाउँपालिकाका प्रवक्ता दिपेन्द्र बमले कृषिमा झन्डै ४५ लाख बजेट रहेको जानकारी दिए । उनले अन्यत्रबाट पनि बजेट माग गरेको बताउदै मालपोत करमा ५० प्रतिशत छुट दिएको बताए । अहिले बजेट पनि कार्यान्वयन नभएकाले अब बजेट कार्यान्वयनमा आउने र कार्तिकदेखि काम सुरु हुने जनाउदै भुमी सुधारको कामसमेत धेरै अगाडी बढिसकेको जानकारी दिए ।
प्रवक्ता बमले कृषि पछि भौतिक पुर्वाधार विकासमा ३ करोड २५ लाख बजेट रहेको बताए । गाउँपालिकाले अब असारे विकासको अन्त्य गर्दै कार्तिकदेखि धमाधम काम सुरु हुनेसमेत जानकारी दिए ।
उनले लक्षित वर्गका लागि करिब १ करोड बजेट रहेको बताउदै प्रती वडा साढे १३ लाख भाग पर्नेसमेत जानकारी दिए । यसका अलावा शिक्षा(स्वास्थ्य पनि गाउँपालिकाको प्राथमिकतामा रहेको प्रवक्ता बमले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा