• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    होमपेज /  राजनीती

    नेकपा (एस) को देशव्यापी माहोल कस्तो छ ? -‘पार्टीले युवालाई बढी केन्द्रित गरेको छ’ : युवा नेता शाह

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ भाद्र ५, आईतबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ५३८ पटक पढिएको
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) यतिबेला आफुलाई बलियो बनाउने दौडमा छ । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले भित्र विद्रोह गर्दागर्दै पनि पार्टी अध्यक्ष केपी ओलीले एकलौटी र मनपरि रुपमा पार्टी सञ्चालन गरेको आरोपसहित उनी एमालेबाट छुट्टिएर एकीकृत समाजवादी दर्ता गर्न पुगेको थिए ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिलेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आन्दोलन चर्काएका नेपालले अहिले पनि माओवादी केन्द्रको साथ छाडेका छैनन् । यद्यपि अहिले पार्टीलाई देशव्यापी रुपमा कसरी फैलाइदैछ र पार्टी भित्र देखा परेका आन्तरिक समस्याले केही पार्ला कि ? लगायतका विषयमा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियुका केन्द्रिय उपमहासचिव एवं पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भुपेन्द्र शाहसँग सेतोखबरका यज्ञराज उपाध्यायले लिएको अन्तर्वार्ता प्रस्तुत गर्दैछौं ।

    १) पार्टी दर्ता भएको लामो समय नभए पनि राष्ट्रिय राजनीतिमा जमिसकेको छ । तर तल्लो तहसम्मै फैलाउन नयाँ पार्टीलाई केही चुनौती होला ? अहिले एकीकृत समाजवादीको देशव्यापी माहोल कस्तो छ ?
    शाह : एकीकृत समाजवादीको देशव्यापी माहोल भन्नैपर्दैन नि ! एकदम राम्रो छ । हामीले युवाहरुलाई बढी आवद्ध गराइरहेका छौं । समाजवादको यात्रामा एकीकृत समाजवादीसंग जोडिन युवाहरु पनि उत्साहित देखिन्छन् । देशका प्रायः सबै ठाउँमा पार्टीका विभिन्न कमिटी बनाएर जनतामा जाने काम भइरहेको छ । तर पनि भर्खरै स्थापित भएकाले केही चुनौती छन् ।

    २) तपाईले युवाहरुलाई बढी केन्द्रित गरिरहेको भन्नुभयो तर युवाहरु यी पुराना नेताहरुले नेतृत्व गरिरहेका पार्टी प्रती असन्तुष्ट देखिन्छन्, उनीहरु अब देश युवाले हाक्नुपर्ने बताइरहदा तपाईलाई के लाग्छ ?
    शाह : ठ्याक्कै त्यस्तो पनि होइन । तर पनि एउटै नेताले बर्षौं नेतृत्व गरिरहने, वरिष्ठ नेताहरु चार पाँच पटक प्रधानमन्त्री भइरहने तर पनि देशलाई निकाश दिन नसक्या भएर पनि युवाहरुमा पुराना नेताहरू प्रती वितृष्णा लागेको भए हुनसक्छ । त्यसैले पनि वरिष्ठ नेताहरुप्रती आश नभएर स्वतन्त्र प्रती बढी आश जागेको हामीलाई महसुस भए पनि ठ्याक्कै त्यस्तै हो जस्तो लाग्दैन ।

    ३) जस्तो तपाई आफ्नै पार्टी भित्र पनि केही नकारात्मक कुराहरु भए त्यसका विरुद्ध विद्रोह गर्ने विद्रोही खालको युवा नेता हुनुहुन्छ । अहिले पार्टीले अब युवालाई उम्मेदवार बनाउने पर्ने वा सक्षम युवालाई कुनै निकायमा ल्याउनुपर्ने विषयमा पार्टीमा तपाईको प्रस्ताव के छ ?
    शाह : म त प्रष्टै रुपमा भन्दा पार्टीभित्र विद्रोही युवा नेता हुँ, कार्यकर्ता हुँ । अलि फरक किसिमले अगाडी बढेको नेता भएकाले कसैको चाकडी गर्ने पछाडी लाग्ने म गर्दैन । त्यसैले मैले पार्टीमा पनि युवाहरुले समाज रुपान्तरण गर्न सक्छन भन्दै हरेक क्षेत्रमा युवाहरुलाई अगाडी सार्नुपर्ने मेरो धारणा हो । समाजमा मैले गरेका विकासका काममा अथवा अन्य युवा नेताहरुले आआफ्नो ठाउँमा गरेका केही राम्रा कामले जनता युवाहरुमा सकारात्मक छन । तर पनि वरिष्ठ नेताहरुले यो कुरा बुझ्न नसक्दा जनतामा अलि खल्लोपन छ ।

    ४) स्थानीय ठाउँको कुरा गर्दा तपाई कैलालीको जानकी गाउँपालिकाको व्यक्ती पनि हो । जानकीका जनताले तपाईबाट केही आश पनि राखेका होला ? जानकी र टीकापुर क्षेत्रको बारेमा तपाईको धारणा के छ ?
    शाह : जानकी गाउँपालिका र टीकापुर नगरपालिकाको हकमा त्यो क्षेत्रमा अहिले जातियता अलि बढि भएजस्तो लाग्छ त्यसैले सुरुमा त्यहाँको समाज मिलाउन आवश्यक छ । जातिय द्वन्द्व भएको कारणले पनि अवस्था नराम्रो छकी जस्तो लाग्छ तरपनी मुख्यत सबै युवाहरुले थारु, पहाडी केही नभनी सामाजिक सद्भाव कायम गर्न लाग्नुपर्छ । समाजलाई विखण्डन गर्ने पुराना नेता, खराब सोच भएका नेतालाई पर राखेर तिनीहरुको पछि नलागेर समाजको विकासको लागि मिलेर अगाडी बढ्नुपर्छ । यदि जातियताको समस्या समाधान गर्नसके समग्र टीकापुर, जानकीको विकास तिब्र गतिमा हुन्छ ।

    ५) टीकापुरबाटै एकीकृत समाजवादीको प्रदेश इन्चार्ज एवं केन्द्रीय कमिटी सचिव भएता पनि उक्त क्षेत्रमा पार्टीको राम्रो पकड देखिदैन, किन होला ?
    शाह : स्वभाविक तपाईले गरेको प्रश्न बिल्कुल सहि हो । टीकापुरमा समाजवादीको चहलपहल नै नभएको भन्ने हैन । व्यापक रुपमा भन्दा चुनावी प्रक्रिया भएपछी चहलपहल देखिने हो । अहिले त कुनै दलको चहलपहल देखिदैन नि । समाज विखण्डन तिर गएकाले नागरिक उन्मुक्ति पार्टीले धेरै ठाउँमा चुनाव जितेको अवस्था हो । त्यहाँ समाजलाई रुपान्तरण गर्न जो पार्टीले राम्रो भुमिका खेल्छ त्यसलाई नै जनताले मन पराउने भएकाले समाजवादीले टीकापुरको सामाजिक सद्भाव कायम गर्न वा समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकाले जनताले मन पराएका छन् त्यो चुनावी प्रक्रियामा गएपछि थाहा हुन्छ ।

    ६) काठमाडौंमा राजनीति मात्र गरेर केही कार्यकर्ताहरुको जिविकोपार्जन कसरी भएको होला ?
    शाह : ठ्याक्कै मैले त त्यस्तो देखेको छैन । राजनीति मात्र गरेर कसरी बाच्या होलान र ? म त राजनीति भन्दा बढी आफ्नो व्यवसायमा लागिराख्या हुन्छु । व्यवसायसँगै समाजका लागि, समाजलाई रुपान्तरण गर्ने विषयमा लागिराख्या हुन्छु । काठमाडौंमा बसिरहँदा समाजका लागि कस्तो भुमिका खेलेको छु भन्ने कुरा समाजमै गएर बुझ्दा पनि हुन्छ । यसका अलावा म अध्ययनशिल पनि छु । व्यवसाय नगरी खाली राजनीति मात्र गरेर त कसरी बाच्न सकिन्छ होला र ?

    ७) नेकपा (एकीकृत समाजवादी) ले पनि गठबन्धन गरेर चुनावमा जाने सहमति गरिसकेको छ । गठबन्धन गरेर चुनाव लड्दा चै समाजवादीका विद्यार्थी नेताहरुले अन्य दलले टिकट पाएको क्षेत्रमा प्रचारप्रसारमा सहयोग, समर्थन गर्छन् वा गर्दैनन् ?

    शाह : देशको आवश्यकता अनुसार, देशको संविधानका निमित्त, समाजवादलाई मजबुत बनाएर जनतालाई आशा पूरा गर्न अहिलेको गठबन्धन बनेको हो । स्वभाविक रुपमा एकीकृत समाजवादी निकट अनेरास्ववियुका नेता कार्यकर्ता गठबन्धन भइसकेपछी इमानदारीता पुर्वक सबैलाई सहयोग गर्छन, प्रचारप्रसार, समर्थन गठबन्धनका सबै दललाई गर्छौं यसमा दुइमत नै छैन ।

     ८) कहिलेकाहीँ नेताहरु अलि बढी बहकिएर एक्लै चुनाव लड्न सक्ने घुर्की लाउछन जसले गठबन्धन कहिलेसम्म टिक्छ भन्नेमा प्रश्न चिन्ह खडा हुन्छ । कहिलेसम्म टिक्ला गठबन्धन ?

    शाह : व्यक्तिगत स्वार्थका लागि केही नेताहरुले त्यस्ता कुरा गरे होलान । गठबन्धनलाई मजबुत बनाईरहन सबै पार्टीका वरिष्ठ नेताहरु छलफलमै हुनुहुन्छ । गठबन्धन अहिले नै भुट्ने त्यस्तो आशंका गर्नुपर्ने केही छैन ।

    ९) एकदुई पटक एकीकृत समाजवादी र माओवादी केन्द्रको एकताका कुरा आएका थिए ? के साच्चै एकता हुन लागेको होर ?

    शाह : अहिले तत्काल एकीकृत समाजवादी र माओवादी केन्द्रको एकता हुँदैन किनकी यो विषयमा व्यापक छलफल हुन आवश्यक छ । केही महिना अगाडी यो एकताको हल्ला पनि थियो यी हल्लाहरु बतास जस्तै हुन आउछन् जान्छन् । ति हल्लामा केही वास्तविकता छैन ।

    १०)  अन्तिममा सोध्न मन लाग्यो, समाज रुपान्तरणमा लागिरहदा जनप्रतिनिधि भएर जनताको सेवा गरौं जस्तो लाग्दैन ? चुनाव नजिक छ प्रतिनिधिसभा वा प्रदेशसभा केहिमा दाबी छ तपाईको ?
    शाह : अवश्य अहिलेको परिस्थितिमा जनताले युवाहरुलाई रोजिरहेकाले पनि जनप्रतिनिधि भएरै जनताको सेवा गरौं जस्तो लाग्छ । पार्टीमा पनि यसका लागि दाबी गरेको छु । कैलाली क्षेत्र नम्बर २ को प्रदेश क मा मेरो उम्मेदवारी दिने माग छ । अब पार्टीले त्यसलाई कसरी लिन्छ हेर्न बाँकी छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

    गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक कागजातको विवरण सार्वजनिक

    योगलाई केवल शारीरिक अभ्यास नभई जीवनपद्धतिको रूपमा ग्रहण गर्न राष्ट्रपतिको आग्रह

    चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रश्न उठ्दै गएको गगन थापाको टिप्पणी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड…

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र…

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑