सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, जेठ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा महागठबन्धनलाई परास्त गर्दै वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ । केहीबेर अघि जारी गरिएको मत परिणाम अनुसार मेयरमा गीता अधिकारीको अग्रतासहित वडा अध्यक्ष हरी नेउपानेको प्यानल नै विजयी भएको हो ।
मत परिणाम अनुसार अध्यक्षमा नेउपानेले १२ सय ८८ मत ल्याउँदा उहाँका प्रतिवन्दी गठबन्धनका तारा अधिकारीले १२ सय ६३ मत ल्याएर उपविजेता हुनुभएको छ । यसैगरी महिला सदस्यमा तारा खपतरी र दलित महिला सदस्यमा नविना मोहोराले क्रमश १३सय १६ र १३ सय ९ मत ल्याएर बिजयी हुनुभएको छ । यसैगरी खुला सदस्यमा रघुवीर बुढाथोकी र राजकर्ण राईले क्रमश १२ सय ६६ र १२ सय २९ मत ल्याएर एमालेले गठबन्धनलाई परास्त गरेको छ ।
यो वडामा मेयरमा गीता अधिकारीले गठबन्धनलाई ४१ मतले पछाडि पार्दै अग्रता कायम राख्नुभएको छ । उपेमयरमा अम्बिका खनालले ११ सय ४९ ल्याउँदा गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता कायम गर्नुभएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा