सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको वडा नं २ मा पनि कांग्रेस विजयी भएको छ । थिमिको बोडेमा रहेको कृषि विकास बैक तालिमा केन्द्रमा सञ्चालित पछिल्लो मतगणना अनुसार ९८८ मतसहित नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी भएका हुन् । नेकपा (एमाले) का उम्मेदवारले ८९४ मत प्राप्त गरेका छन् भने नेककिपाका उम्मेदवारले जम्मा १९ प्राप्त गरेका छन् ।
त्यस्तै, महिला सदस्य, दलित महिला सदस्य र एक जना सदस्य गरी ३ जना वडा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । भने एक जना सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
मध्यपुर थिमि २ मा कुल २०९२ मतदान भएकोमा २६ मत बदर भएको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा