सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोल्पा, १५ चैत । चकचके–लिवाङ सडकखण्ड कालोपत्रे मर्मत गरिरहेको एक ट्याक्टर आज दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रा१त २१८२ नंको ट्र्याक्टर खडक दल गण लिवाङ ब्यारेक र जिल्ला शिक्षा कार्यालय, रोल्पाको बीचमा पर्ने दिउनधारा भन्ने स्थानमा दुर्घटना हुँदा सोही ट्र्याक्टरका चालक साविक रोल्पा जैमाकसला–७, रोकाटोल हाल सुनछहरी गाउँपालिका वडा नं ५ निवासी २५ वर्षीय विनोद रोकामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।
कालोपत्रे सामान ढुवानी गरिरहेको सो ट्र्याक्टर मोड्ने क्रममा सन्तुलन बिग्रन गई दुर्घटना भएको बताइएको छ । ट्र्याक्टरको इन्जिनले च्यापिएका चालकले दुर्घटना भएको एक घन्टासम्म श्वास फेरिरहेको भए पनि समयमै उद्धार हुन नसक्दा मृत्यृ भएको प्रत्यक्षदर्शीले बताएका छन । ट्र्याक्टरमा चालक एक्लै थिए । रासस
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा