सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा, भदौ १ । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट १५० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । रासस
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा