• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

      विश्व बजारमा तेल सस्तो, तर नेपालमा पेट्रोलियम पदार्थ किन महँगियो ?

      बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

      सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

      साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरसहित)

      धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

      शोकमा ‘निम्सदाई’को जन्म गाउँ : नयाँ घर बनाउने सपना अधुरै

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही

      सुनचाँदीको मूल्य बढ्यो

      लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

      भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

      सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य

      चार वटा संसदीय समितिको बैठक बस्दै

      मुसलधारे वर्षामै सिस्डोलमा फोहोर व्यवस्थापनको संघर्ष

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    होमपेज /  समाज

    लागू औषध दुर्व्यसनी विरुद्द शुन्य सहनशीलताको भावमा अभियान चलाउदै प्रहरी, सबैलाई साथ दिन डिएसपी भट्टको आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ श्रावण १७, शुक्रबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३६० पटक पढिएको
  • यज्ञराज उपाध्याय / टीकापुर, साउन १७ । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले एक कार्यक्रमका बीच लागू औषध दुर्व्यसनका विरुद्द आफु शुन्य सहनशीलताको भावका साथ कठोर भएर लागिरहेको बताएका छन् । शुक्रबार इलाका प्रहरी कार्यालयकै आयोजनामा सत्तीमा भएको शान्तिसुरक्षा एवं समसामयिक बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले ईलाका प्रहरी कार्यालय टीकापुरमा प्रमुखको रुपमा आएको ४० दिनभन्दा बढी भएको बताउदै यो बीचमा यहाँका अवस्थाको बारेमा बुझ्ने, साँझ बिहान आफै पनि यताउति चेकिङ्गमा जाने गरेको र आगामी दिनमा प्रहरीको सक्रियता संगै जनचेतनामुलक कार्यक्रमहरु गर्ने योजना बनाएको बताए । डिएसपी भट्टले आफ्नो ईलाका शान्ति सुरक्षाका दृष्टिकोणले अन्य ठाउँ जस्तो जटिल नभएको आफुले महसुस गरेको भन्दै सत्ती बजार भन्ने नाम आफ्नो बाजेको पालामा बाजेहरू राजापुर आउदा यहाँ बस्ने गरेको बाजेको मुखबाट पहिलै सुनेको र अहिले यो क्षेत्रमा शान्तिसुरक्षाका लागि काम समेत गर्ने मौका पाएको बताए ।

    शान्तिसुरक्षाको हकमा प्रहरी मात्र गम्भीर भएर नहुने उनको मुख्य आशय थियो । आफु बर्दीको प्रहरी रहेको र आमजनता बिना बर्दीको प्रहरी रहेको भन्दै आमजनताले हरेक कुरामा प्रहरीलाई सहयोग गरे पक्कै पनि प्रहरी र जनता सफल हुने बताए । उनले कुनै ठाउँमा केहि घटना, दुर्घटना वा झैझगडा भएको खबर पाउना साथ प्रहरी ५ देखि १० मिनेटमै उक्त ठाउँमा पुगिसक्ने गरि ठाउँ ठाउँमा सवारी साधन सहित प्रहरीलाई निर्देशित गरिसकेको बताउदै केहि घटना, दुर्घटना भए प्रहरीलाई खबर गरेर सहयोग गर्न समेत आग्रह गर्दै भट्टले लागू औषध सम्बन्धी धेरै कुरा राखे ।

    उनले लागू औषध दुर्व्यसनीमा लागेको जो कोहि भएता पनि  प्रहरीलाई सम्पर्क गरेर  सहयोग गर्न आग्रह गर्दै यदि दुर्व्यसनीमा संलग्न आफ्नै छोरा, आफन्त भएता पनि नलुकाएर प्रहरीलाई खबर गरिदिन अनुरोध समेत गरे । कुनै पनि दुर्व्यसनीकर्तालाई प्रहरीले पक्राउ गर्दा प्रहरीले त्यसलाई जेलमै हालीहाल्यो भन्ने मानसिकताबाट बाहिर निस्केर त्यसलाई सुधार्नका लागि प्रहरीले आफु ठाउँ राखेको भन्ने बुझेर दुर्व्यसनी कर्तालाई नलुकाई, लाज नमानेर प्रहरीलाई जानकारी दिन समेत आग्रह गरे । छोराछोरी बिग्रनुमा अभिभावकको बढी दोष रहेको उनले दाबि गरे । उनले केहि सामान किन्न छोराछोरीलाई पसल पठाउदा बचेको पैसाले चुरोट, सुर्ती, गुट्खा ल्याउन लगाउने, छोराछोरीकै अगाडी रक्सी खाने, अपशब्द बोल्ने, गाली गर्ने भएका कारण सन्तानमा पनि त्यसले कहिंकतै प्रभाव पार्ने गरेको र त्यसैबाट सन्तान लागू औषध तिर अग्रसर हुने गरेको बताए । आफ्ना सन्तानका अगाडी गैरजिम्मेवार पूर्ण व्यवहार नगर्न भट्टले उपस्थित अभिभावकलाई आग्रह गर्दै सत्तीमा शान्ति सुरक्षाका लागि प्रहरी सचेत रहेको र अब सत्ती प्रहरी चौकीमा थप आवश्यक निर्देशन दिने समेत दाबि गरे । उनले आफु डिएसपी मात्र नभई जनताको सेवक समेत रहेको बताउदै केहि ससानो समस्या अईपरे पनि सिधै आफुलाई सम्पर्क गर्न भन्दै आफुले बोक्ने मोबाइल नम्बर दिदै प्रहरीलाई सम्पर्क गर्न नहिचकिचाउन आग्रह समेत गरे ।

    डिएसपी भट्टकै अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी तथा बिभिन्न संगठनका प्रतिनिधिहरुले समेत आआफ्नो भनाई राखेका थिए । स्थानीय समाजसेवी शान्ति खड्काले सत्ती र कालाकुन्डा क्षेत्र ठुलो रहेको तर प्रयाप्त प्रहरी नभएको कारण धेरै ठाउँमा प्रहरी समयमा पुग्न नसकेको गुनासो गर्दै यहाँ राति १२, १ बजेसम्म केटाहरु लागू औषध सेवन गरि बजारमा, गाउँमा घुम्ने गरेको र राति अबेरसम्म घरेलु मदिरा बेच्ने गरेकाले त्यसमा रोक लगाउन पनि आग्रह गरिन । यस्तै पत्रकार भीम विकले खक्रौला मुख्या नाका भन्दा पनि कालाकुन्डा र सोनाफांटा एरियामा लागू औषध दुर्व्यसनीहरु मौलाएको बताए । त्यस्तै राष्ट्रिय माद्यामिक विद्यालय बेलुवाका शिक्षकले बालविवाह, घरेलु हिँसा, लागू औषध दुर्व्यसन सम्बन्धि विद्यालयमा पनि चेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए । स्थानीय एवं समाजसेवी मनिराम ढुंगानाले सत्ती टीकापुर भन्दा पनि पुरानो बजार भएका कारण र यहाँ पद्मप्राशेश्वर मन्दिर, पर्यटकीय सम्भावना बोकेका ठाउँ र कालोपत्रे सडक भएका कारण यहाँ पनि मान्छेको चाप टीकापुर जत्तिकै हुने गरेको बताउदै प्रहरीले अझै सक्रियता बढाउनुपर्ने बताए । उनले खुला सिमानाका कारण लागू औषध मौलाईरहेको भन्दै सामुदायिक वन भित्र यताउति त्यसता सेवन कर्ताहरु लुकिछिपी सेवन गर्ने गरेको समेत बताए । ढुंगानाले चोरीका मोटरसाइकलभित्रने क्रम समेत बढिरहेको संकेत पाइएको समेत जानकारी दिए ।

    कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष बलिराम चौधरीले अरुलाई मात्र दोष लगाउनु भन्दा अगाडी आफुलाई पनि नियाल्नुपर्ने बताएका थिए भने वडा नम्बर ७ का अध्यक्ष रामलाल डगौराले प्रहरीले सकारात्मक कामहरु गरिरहेको बताउदै हरेक कुरामा प्रहरीलाई मात्र दोष दिन नहुने बताएका थिए  । शान्ति सुरक्षाका लागि प्रहरीको जत्तिकै आम नागरिकहरुको पनि दायित्व हुने बताउदै दोष भन्दा पनि सबैले प्रहरीलाई साथ दिनुपर्ने बताए । कार्यक्रममा बडघर राजकुमार चौधरी, सत्ती बजार व्यवस्थापन समिति अध्यक्ष पहल बस्नेत, सत्ती कर्णाली सामुदायिक वन अध्यक्ष धनसिंह साउद, समाजसेवी एवं साविक नारायणपुर गाविस अध्यक्ष फकिर सिंह कडायत, नेपाली कांग्रेसका नेता देवेन्द्र जैशी, समाजसेवी तेज शंकर भट्टले लागू औषध सम्बन्धी नै धेरै कुरा राखेका थिए ।

    ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख हिरालाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडा नम्बर ७ का वडा सचिव बलराम चौधरीले संचालन गरेका थिए । कार्यक्रममा कालाकुन्डा प्रहरी चौकीका प्रमुख कुल बहादुर साउदले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै सोहि कार्यक्रमकै अवसरमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता मार्फत स्वर्ण पदक पाएका सिमा चौधरी, केशर मास्के र कास्य पदक पाएका एकेन्द्र विक सहित खेल प्रशिक्षक अर्जुन ठकुल्लालाई सम्मान गरिएको थियो ।

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

    निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार…

    विश्व बजारमा तेल सस्तो, तर नेपालमा पेट्रोलियम पदार्थ…

    बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र…

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा…

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑