सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
शानदार फर्ममा खेलीरहेको टिम इंडियाका कप्तान विराट कोहलीले पाकिस्तान विरुद्ध ५७ रन बनाएसँगै नयाँ किर्तिमान रचेका छन् । टिम इंडियाका रन मेशिन कोहलीले ५७ रन बनाउदै वनडे अन्तराष्ट्रियमा सबैभन्दा छिटो ११ हजार रन पुरा गरेका छन् ।
वनडे क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन बनाउने रेकर्ड भारतीय टिमका सचिन तेंदुलकरको नाममा रहेको छ । सचिनले यो किर्तिमान २७६ वनडे पारिमा बनाएका थिए, जबकि कोहलीले २२२ वनडे पारीमा ११ हजार रनको पहाड जस्तै रेकर्ड आफनो नाम गरे ।
वनडेमा ११ हजार रन बनाउने रेकर्डमा विराट तेस्रो भारतीय तथा ९ औँ अन्तराष्ट्रिय क्रिकेटर बनेका छन् । सचिनको अलावा सौरव गांगुली दोस्रो भारतीय हुन्, जसले २८८ पारिमा ११ हजार रन बनाएका थिए । यद्यपी, यो भन्दा पहिला कप्तान कोहलीको नाममा वनडे क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन बनाउने रेकर्ड पनि कायम छ ।
विराट शतकमा पनि सचिनको नजिक पुगेका छन् । वनडेमा विराटले अहिलेसम्म ४१ शतक जोडेका छन् भने सचिनको नाममा ५१ शतक छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा