सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इनरूवा, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेद्वार विजयकुमार गच्छदारले अग्रता बढाउदै लगेका छन्।
पछिल्लो मत परिणाम अनुसार काँग्रेस उम्मेद्वार गच्छदार एमाले उम्मेद्वार भगवती चौधरी भन्दा ५१९ मतले अघि छन्। सुरुवातदेखि अग्रस्थानमा रहेकी चौधरीलाई पछि पार्दै गच्छदारले मतान्तर बढाउदै लगेका हुन्। यसअघि गच्छदार ३ सय ११ मत अन्तरले अघि थिए भने पछिल्लो मतपरिणाम अनुसार गच्छदारले मत आन्तर बढाएर ५१९ मा पुर्याएका हुन्।
गच्छदारले ३६ हजार ८० मत प्राप्त गर्दा चौधरीको पक्षमा ३५ हजार ५ सय ६१ मत छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा