• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सानै उमेरमा नाम कमाएका युवा : सन्तोष मल्लिक

      देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

      भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै

      र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड

      झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित

      ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो

      ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

      बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी

      काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

      इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता

      काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

      भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

      जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी

      रुकुम पश्चिममा पछि परे जनार्दन

      झापा–५ : बालेनको अग्रता कायमै

    होमपेज /  समाचार

    सूचना उपलब्ध नगराउने ६९९ सूचना अधिकारीविरुद्ध उजुरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ कार्तिक १७, शुक्रबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १४३ पटक पढिएको
  • काठमाडौं, कात्तिक १७ ।  सूचना उपलब्ध नगराउने ६ सय ९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध उजुरी गरिएको छ ।
    राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा सूचना उपलब्ध नगराउने ६ सय ९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध शुक्रबार हुलाकमार्फत सम्बन्धीत निकायका कार्यालय प्रमुखसमक्ष उजुरी गरिएको हो ।
    मुलुकभरका ७ सय ५३ स्थानीय तहमा सूचना माग गरिएकोमा ५४ वटा स्थानीय तहले मात्र सूचना उपलब्ध गराएको छ । सूचनाको हकको बेवास्ता गर्दै सूचना उपलब्ध नगराएपछि त्यहाँका सूचना अधिकारीलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको हो ।
    स्थानीय सरकार पारदर्शी, जवाफदेही र जनताप्रति उत्तरदायी तथा नागरिक र स्थानीय सरकारबीच एकापसमा विश्वासिलो र रचनात्मक सहभागिताको वातावरण बनोस् भन्ने उद्देश्य राखी देशका सबै स्थानीय तहको कार्यपालिका कार्यालयसँग सूचना माग गरिएकामा स्थानीय तहले त्यसलाई बेवास्ता गरेका हुन् ।
    फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी, कार्यकारी प्रमुख तारानाथ दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं फ्रिडम फोरमका महासचिव धर्मेन्द्र झा, अधिवक्ताद्वय राममाया लामिछाने र सञ्जिव घिमिरे, फोरका कोषाध्यक्ष केदार दाहाल, सञ्चारकर्मी कृष्णप्रसाद सापकोटालगायतले आफ्नो अध्ययन एवं जानकारी प्रयोजनका लागि नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम ती सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि माग गर्नुभएकोमा ६९९ स्थानीय तहले सूचना उपलब्ध गराएका छैनन् ।
    सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक स्थानीय तहमा सूचना अधिकारी तोक्नुपर्ने कानूनी व्यवस्था गरेको उल्लेख गर्दै स्थानीय तहमा सूचना अधिकारी तोकिनुभएको छ वा छैन, सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम तीन/तीन महिनामा स्वतः सार्वजनिक गर्नुपर्ने २० प्रकारका सूचना के–कसरी सार्वजनिक गर्दैछ, कार्यालयमा सुशासन ऐन, २०६४ बमोजिम सार्वजनिक सुनुवाइ गरिन्छ वा गरिँदैन, कार्यालयले सूचना व्यवस्थापनसम्बन्धी कुनै निर्देशिका वा नीति वा कुनै कानून बनाएको छ/छैन भन्ने विषयमा सूचना माग गरिएको थियो ।
    त्यसैगरी यस कार्यालयले नागरिक वडापत्र राखेको छ/छैन, कार्यालयको वेबसाइट छ/छैन, निर्वाचित पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिएको छ/छैन, कार्यालयको निर्माण, आपूर्ति र सेवासम्बन्धी विज्ञापनका लागि चालू आवमा कति बजेट छुट्याइएको छ, विज्ञापन प्र्रवाह गर्न के कस्तो नीति र कार्यक्रम बनाइएको छ, कार्यालयले सञ्चालन गर्ने योजनाको पारदर्शीताका लागि योजनास्थल होर्डिङबोर्ड राख्ने नीति छ/छैन, कार्यालयले आफ्ना काम–कारबाहीमा जनसहभागिता सुनिश्चित गर्न कुनै कानूनी वा नीतिगत संरचना बनाएको छ/छैनलगायत विषयमा सूचना माग गर्नुभएको थियो ।
    त्रिविका सूचना अधिकारीविरुद्ध उजुरी
    सूचना उपलब्ध नगराएपछि त्रिवि रजिस्टार कार्यालयका सूचना अधिकारीविरुद्ध उजरी गरिएको छ ।
    विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा आन्तरिक लेखापरीक्षण गर्दा केन्द्रबाट खटिने टोलीले दोहोरो सुविधा लिएको पाइएकोबारे मागिएको सूचना उपलब्ध नगराएपछि उनीबिरुद्ध आज त्रिविका प्रमुखसमक्ष उजुरी गरिएको हो ।
    फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाललगायतले सूचनाको हकको प्रयोग गरी माग गरेको सूचनामा त्रिविबाट काज लिएर गएका लेखापरीक्षकहरूले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त क्याम्पसलाई पनि आर्थिक भार पारेको सूचना प्राप्त गरेपछि त्यससम्बन्धी थप सूचना मागिएको थियो ।
    गृह मन्त्रालयसँग सूचना माग
    माओवादी सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका कञ्चनपुरका पत्रकार प्रकाशसिंह ठकुरीको मुद्दा कुन अवस्थामा र कुन निकायले हेरिरहेको छ, सो बारे सूचना माग गरिएको छ ।
    फ्रिडम फोरमको अगुवाइमा अधिवक्ता अस्मिता पोखरेल र सूचनाको हकका अभियन्ताकुमार चौलागार्इंले आज गृह मन्त्रालयसँग सो सूचना माग गर्नुभएको हो ।
    त्यसैगरी शान्ति सम्झौताअनुसार राजनीतिक प्रकृतिका घटनाको छानबिन गर्न नमिल्ने भनिएको र बेपत्ता छानबिन आयोगमा तामेलीमा रहेका मुद्दाको सम्बन्धमा राज्यको तर्फबाट के कस्तो वैकल्पिक उपचारका माध्यमको व्यवस्था गरिएको छ, सोबारे सूचना माग गर्नुभएको हो ।
    आजको समाचार दैनिकका प्रकाशक तथा सम्पादक ठकुरी २०६४ असार २१ गतेदेखि बेपत्ता छन् । ठकुरीकी श्रीमती जानकीले श्रीमान् बेपत्ता बनाएको आरोपमा २०६४ असार २४ गते प्रहरीमा सातजनाविरुद्ध जाहेरी दिएको र जोहेरीमाथि प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा त्यही दिन ठकुरीका छिमेकी पोमलाल शर्मासहित अरुलाई सामान्य सोधपुछ गरी पोमलालविरुद्ध अदालतमा मुद्दा दर्ता गर्‍यो । अदालतले उनलाई धरौटीमा रिहा गर्‍यो । त्यसपछि सो घटनाबारे अनुसन्धान हुन सकेको छैन ।
    तत्कालीन सरकारले तयार गरेको सरकारवादी मुद्दा फिर्ता लिने सूचीअन्तर्गत २०६५ कात्तिक ११ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयमार्फत ती सातजनाको मुद्दा फिर्ता गर्‍यो । तर पछि सरोकारवालाको दबाब र सक्रियतामा २०७० भदौ ६ गते पुनः अदालतमा ती सातजनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । हाल यो मुद्दाको पेशी चढिरहेको छैन । रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सानै उमेरमा नाम कमाएका युवा : सन्तोष मल्लिक

    रुकुम पश्चिममा पछि परे जनार्दन

    बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

    आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

    विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सानै उमेरमा नाम कमाएका युवा : सन्तोष मल्लिक

    देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

    भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै

    र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले…

    देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

    भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै

    र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले…

    झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑