• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ११, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

      बालेनले खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुम्वासीले गरे थाल बजाएर प्रदर्शन

      भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली

      सार्वजनिक यातायातमा एके–४७ को विज्ञापन : यात्रुको ध्यान तान्ने कि त्रास फैलाउने ?

      गृहमन्त्री सुधन गुरुङको आज इन्गेजमेन्ट, मंसिर १७ गते गोरखामा विवाह हुँदै

      राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल

      कांग्रेसमा दुई पक्ष : एउटा महाधिवेशनको तयारीमा, अर्को कारवाहीको तयारीमा

      सुनचाँदीको मूल्यमा उछाल, सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

      मायादेवीमा १४८ जनाले पाए लालपुर्जा

      अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

      अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

      गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही

      आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

      बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के के भयो कुराकानी ?

    होमपेज /  अन्य

    सार्वजनिक यातायातमा एके–४७ को विज्ञापन : यात्रुको ध्यान तान्ने कि त्रास फैलाउने ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ११, शुक्रबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुको नजर झ्यालबाहिरका दृश्य, सडकको चहलपहल र सवारीभित्र राखिएका विभिन्न विज्ञापनमा पर्नु स्वाभाविक हो । व्यापारिक प्रचारका लागि बस तथा अन्य सार्वजनिक सवारीसाधनमा विज्ञापन राख्ने चलन पनि नयाँ होइन । तर, यात्रुको ध्यान खिच्ने नाममा सार्वजनिक यातायातमा प्राणघातक हतियारको तस्बिरसहितको विज्ञापन राखेको पाइएपछि त्यसले नयाँ प्रश्न जन्माएको छ ।

    नेपाल न्यूज बैंकले काठमाडौंको एक सावर्जनिक बसको पछाडि टाँसीएको तस्बिरको फोटो खिचेको छ । उक्त तस्बिरमा सार्वजनिक यातायातको सवारीसाधनमा एके–४७ राइफलको तस्बिरसहितको विज्ञापन राखिएको देखिन्छ । विज्ञापनमा एके–४७ उल्लेख गरिएको छ । सार्वजनिक यातायातलाई हतियारको प्रचारको माध्यम बनाइनुले विज्ञापनको सीमा र नियमनमाथि प्रश्न उठाएको छ ।

    विज्ञापन बोर्डका पूर्वअध्यक्ष लक्ष्मण हुमागाईं यस्तो विज्ञापन कानुनविपरीत भएको बताउँछन् । उनका अनुसार विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले नै हातहतियार तथा विस्फोटक पदार्थको उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न निषेध गरेको छ ।

    ऐनको दफा ५ को उपदफा १ को खण्ड (घ) मा हातहतियार वा विस्फोटक पदार्थ अथवा नेपालको सुरक्षा, शान्ति र व्यवस्थामा खतरा उत्पन्न गर्न सक्ने अन्य वस्तु वा पदार्थको उत्पादन, बिक्री वितरण, उपयोग तथा प्रयोग गर्न प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नपाइने व्यवस्था छ ।

    ‘तस्बिरमा स्पष्ट रूपमा एके–४७ लेखिएको छ । एके–४७ प्राणघातक हतियार हो । त्यसकारण यस्तो विज्ञापन अवैध छ र तत्काल हटाउनुपर्छ,’ हुमागाईं भन्छन् । उनका अनुसार यस्तो सामग्रीलाई सामान्य विज्ञापनका रूपमा हेर्न मिल्दैन । यसमा विज्ञापन नियमनसम्बन्धी कानुन आकर्षित हुने भएकाले विज्ञापन बोर्डले तत्काल अनुगमन र कारबाही गर्नुपर्छ । यस्तो विज्ञापन राख्ने सार्वजनिक यातायात सञ्चालक र विज्ञापनदातालाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने उनको धारणा छ ।

    सार्वजनिक यातायातमा विज्ञापन राख्दा त्यसको विषयवस्तु र प्रभावबारे पनि ध्यान दिनुपर्ने हुन्छ । किनकि सार्वजनिक सवारीसाधन निजी प्रचारको माध्यम मात्र होइनन्, दैनिक हजारौं यात्रुले प्रयोग गर्ने साझा सार्वजनिक स्थान पनि हुन् । त्यहाँ राखिने सामग्रीले यात्रुको मनोविज्ञानदेखि सडक सुरक्षासम्म प्रभाव पार्न सक्छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि सवारीसाधनमा चालकको ध्यान विचलित गराउने खालका तस्बिर तथा सामग्री राख्न नहुने जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस्ता सामग्रीले चालकको ध्यान भंग गराएर दुर्घटनाको जोखिम बढाउन सक्छन् ।

    ‘हामीले मातहतका सबै इन्चार्जहरूको बैठकमा यस विषयमा जानकारी गराइसकेका छौं । त्यस्ता सामग्री हटाउन निर्देशन दिएका छौं र अनुगमन पनि भइरहेको छ,’ सुवेदीले भने ।

    एके–४७ राइफलको तस्बिरसहितको विज्ञापनबारे सोध्दा उनले त्यस्ता सामग्री पनि हटाउनुपर्ने बताए । ट्राफिक प्रहरीको निर्देशन पालना नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुने उनको भनाइ छ ।

    यसैगरी यस विषयमा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सार्वजनिक यातायातमा यस्ता सामग्री राख्न नहुने बताए ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष सिटौलाले यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा अश्लील शब्द, अनावश्यक विज्ञापन तथा आपत्तिजनक सामग्री नराख्न आग्रह गरे । उनले महासंघले यस विषयमा स्पष्ट धारणा राख्न सक्ने भए पनि प्रत्यक्ष कारबाही गर्ने अधिकार भने सरकारसँग रहेको बताए ।

    ‘त्यस्तो राख्न हुँदै हुँदैन । नेपालभरि नै यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा यस्ता किसिमका विज्ञापन नराख्न आग्रह गर्नुपर्छ,’ उनले भने ।

    सवारीसाधनमा यस्ता सामग्री राखिएको पाइएमा महासंघले के कारबाही गर्छ भन्ने प्रश्नमा उनले महासंघले आग्रह तथा निर्देशन दिन सक्ने तर कारबाही गर्ने निकाय सरकार भएको स्पष्ट पारे । उनका अनुसार ट्राफिक प्रहरीले पनि यस्ता विषयमा आवश्यक कारबाही गर्न सक्छ ।

    एके–४७ जस्ता हतियारको तस्बिर राखिएको विषयमा पत्रकारले त्यसलाई सामान्य अश्लील सामग्रीभन्दा आपराधिक गतिविधिको प्रचारजस्तो देखिएको भन्दै प्रश्न उठाउँदा अध्यक्ष सिटौलाले त्यस्तो सामग्री हटाउनुपर्नेमा आफू स्पष्ट रहेको बताए ।

    ‘मैले एकै शब्दमा भन्नुपर्दा त्यस्तो सामग्री छ भने हट्नुपर्छ, त्यसमा दुईमत छैन,’ उनले भने ।

    एकातिर विज्ञापन नियमन गर्ने निकायले हतियारको प्रचारलाई कानुनी दृष्टिले हेर्नुपर्ने देखिन्छ भने अर्कातिर ट्राफिक प्रहरीले सडक सुरक्षाको कोणबाट अनुगमन गर्नुपर्ने हुन्छ । एउटै विषयमा दुई निकायको जिम्मेवारी जोडिए पनि प्रभावकारी कार्यान्वयनका लागि समन्वय र नियमित अनुगमन आवश्यक छ ।

    सार्वजनिक यातायातमा विज्ञापन राख्ने अभ्यासलाई व्यवस्थित बनाउनु आवश्यक छ । यात्रुको ध्यान खिच्ने उद्देश्यले राखिने सामग्रीले कानुनी सीमा नाघ्नु हुँदैन । आखिर सार्वजनिक सवारीसाधन विज्ञापनको बजार मात्र होइन, सर्वसाधारणको साझा यात्रा स्थल पनि हो । त्यहाँ के देखाउने भन्ने प्रश्न व्यापारिक स्वार्थभन्दा माथि सार्वजनिक हित र सुरक्षासँग जोडिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेसमा दुई पक्ष : एउटा महाधिवेशनको तयारीमा, अर्को कारवाहीको तयारीमा

    मायादेवीमा १४८ जनाले पाए लालपुर्जा

    अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

    गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु

    नेपालमा महिला हिंसा : डिजिटल हिंसा नयाँ चुनौती

    मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गाैतम तेस्रो नम्बरमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

    बालेनले खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुम्वासीले गरे…

    भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली

    सार्वजनिक यातायातमा एके–४७ को विज्ञापन : यात्रुको ध्यान…

    भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

    राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल

    बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के…

    गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार…

    आर्थिक

    सुनचाँदीको मूल्यमा उछाल, सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

    कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

    हिजो एकैदिन ६५ सयले घटेको सुन आज फेरि उकालो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑