• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ११, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

      बालेनले खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुम्वासीले गरे थाल बजाएर प्रदर्शन

      भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली

      सार्वजनिक यातायातमा एके–४७ को विज्ञापन : यात्रुको ध्यान तान्ने कि त्रास फैलाउने ?

      गृहमन्त्री सुधन गुरुङको आज इन्गेजमेन्ट, मंसिर १७ गते गोरखामा विवाह हुँदै

      राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल

      कांग्रेसमा दुई पक्ष : एउटा महाधिवेशनको तयारीमा, अर्को कारवाहीको तयारीमा

      सुनचाँदीको मूल्यमा उछाल, सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

      मायादेवीमा १४८ जनाले पाए लालपुर्जा

      अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

      अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

      गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही

      आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

      बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के के भयो कुराकानी ?

    होमपेज /  कला/मनोरञ्जन

    २२ वर्षपछि एउटै फिल्ममा ‘दर्पणछायाँ’ जोडी उत्तम र निरुता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर १०, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • भेषराज कार्की /काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहलाई ‘दर्पणछायाँ’ जोडीका रूपमा चिनिन्छ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको उक्त फिल्मको त्रिकोणात्मक प्रेमकथालाई दर्शकले निकै रुचाएका थिए । फिल्मको सफलतासँगै निरुता, उत्तम र अर्का अभिनेता दिलीप रायमाझीको व्यस्तता पनि बढेको थियो ।

    निरुता र उत्तमले त्यसपछि ‘लहना’, ‘उपहार’, ‘चीत्कार’ लगायत फिल्ममा एकसाथ काम गरे । यो जोडीले पछिल्लो पटक २२ वर्षअघि ‘सन्तान’ फिल्ममा अभिनय गरेको थियो । लामो समयपछि उनीहरू आगामी मङ्सिर ११ गते अर्थात् यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘सारथी’ मार्फत पर्दामा एकसाथ देखिँदैछन् ।

    यो जोडीलाई पुनः एकसाथ पर्दामा ल्याउने काम निर्देशक कुमार गजुरेलले गरेका हुन् । उनले फिल्मको कथासँगै दुवै कलाकारलाई उनीहरूको करिअरकै फरक भूमिका प्रस्ताव गरेका थिए । आफूले यसअघि निर्वाह नगरेको पात्रमा अभिनय गर्न पाउने र पुरानो सहकर्मीसँग पुनः काम गर्ने अवसर पाएपछि दुवैले फिल्ममा काम गर्न सहमति जनाए ।

    अभिनेत्री निरुताले ‘सारथी’ मा आफूले कलाकारिता यात्रामा अहिलेसम्म निर्वाह नगरेको भूमिका पाएको बताइन् । ‘यो पात्रलाई मैले कुनै फिल्ममा निर्वाह गरेकी रहेनछु । त्यसैले पनि यो फिल्म गर्ने सहमति दिएँ । हुन त मैले सक्रिय भएर काम गर्दा यस्तो पात्र बन्दैनथ्यो, नत्र मलाई पक्कै अफर हुन्थ्यो होला । यो फिल्ममा म आमाको भूमिकामा छु । यस्तो किसिमको देखिने भूमिका धेरै फिल्ममा गरेकी छु, तर फिल्म हेरेपछि मलाई अहिलेसम्म नदेखेको भूमिकामा देख्नुहुनेछ’, उनले भनिन् ।

    निरुताले २२ वर्षपछि उत्तम प्रधानसँग काम गर्न पाउँदा खुसी लागेको पनि बताइन् । ‘उत्तमजीसँग धेरैपछि काम गर्न पाएँ, म निकै खुसी छु । हामीले पुराना दिनलाई सम्झियौँ’, उनले भनिन् ।

    अभिनेता उत्तमले पनि फिल्ममा अभिनय गर्नुको कारण कथासँगै निरुता रहेको बताए । ‘मलाई केही फिल्म प्रस्ताव भए। केहीको कथा सुनेर मैले नगर्ने निर्णय लिएँ। तर, यसमा मैले निरुताजीले जस्तै अभिनय यात्राकै फरक भूमिका पाएँ । निरुताजी फिल्ममा हुनुहुन्छ भन्ने थाहा पाएपछि काम गर्ने उत्साह झनै बढ्यो। यसपटक केही फरक महसुस गर्नुका साथै धेरै कुरा सिक्ने अवसर पाएँ’, उनले भने ।

    फिल्ममा अवकाशप्राप्त सैनिकको भूमिकामा देखिएका उत्तमलाई दुई फरक उमेर समूहमा प्रस्तुत गरिएको छ ।

    ‘सन्तान’पछि निरुता र उत्तमलाई विभिन्न फिल्ममा अभिनयका लागि प्रस्ताव गरिए पनि एकसाथ पर्दामा ल्याउन निर्देशक तथा निर्माताले उपयुक्त कथा तयार गर्न सकेका थिएनन्। आफूहरूलाई सुहाउँदो भूमिका प्रस्ताव नभएकै कारण पुनर्मिलन हुन २२ वर्ष लागेको निरुताको भनाइ छ ।

    ‘सायद, हामीलाई यो फिल्म जुरेको रहेछ, त्यसैले यत्रो समय लाग्यो। यो हामी नेपालीले भन्ने अर्गानिक फिल्म बनेको छ । हामीले स्थानीय समाजलाई पनि फिल्ममार्फत उजागर गर्ने कोसिस गरेका छौँ’, उनले भनिन् ।

    म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई समेटिएको ‘सारथी’मा आमाछोराबीचको मर्मस्पर्शी संघर्षलाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ । जीवनयात्राका क्रममा आइपर्ने हरेक उतारचढावमा छोराको सारथी बनेकी आमाको भूमिकामा निरुता सिंह देखिएकी छन् भने छोराको भूमिकामा गिरि विश्वकर्माको अभिनय रहेको छ ।

    निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।

    किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । फिल्मको छायांकन संकल्प भुजेलले गरेका छन् ।

    तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । अमिर केसी लाइन प्रोड्युसर रहेको फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ । राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा यमुना आचार्य र आशिष श्रेष्ठले सहायक निर्देशन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाली बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्देशकको ३ हजार डलर सहयोग

    चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

    आफूविरुद्धको बहिष्कार अभियानप्रति दीपकराज गिरीको आपत्ति

    २४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

    डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

    डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

    बालेनले खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुम्वासीले गरे…

    भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली

    सार्वजनिक यातायातमा एके–४७ को विज्ञापन : यात्रुको ध्यान…

    भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

    राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल

    बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के…

    गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार…

    आर्थिक

    सुनचाँदीको मूल्यमा उछाल, सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो

    कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

    हिजो एकैदिन ६५ सयले घटेको सुन आज फेरि उकालो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑