• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी

      लैङ्गिक हिंसाका स्वरूप फेरिँदै, डिजिटल हिंसाको सिकार बन्दै महिला

      सुकुमवासीलाई शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

      आईजीपीमा फर्किन दानबहादुरले पाएनन् अन्तरिम आदेश, मनोज केसी नै आईजीपी रहने

      पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन

      अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ

      लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु

      देउवा पक्षलाई झट्का, कांग्रेसमा गगन नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगको मान्यता

      महिला हिंसाको स्वरूप फेरिँदै, सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसा नयाँ चुनौतीdjsbcd jawgasdx

      उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने

      सशस्त्र प्रहरीको एक एआईजी पदका लागि तीन डीआईजीबीच प्रतिस्पर्धा

      ‘ईपीजी’ प्रतिवेदन पुरानो र असान्दर्भिक भएको घोषणा गर्नु खेदजनक: बाबुराम

      आज फेरी सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

      लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्रीको आह्वान

      पत्रकार भूपाल लुइँटेललाई गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार

    होमपेज /  समाचार

    उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ९, बुधबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६ पटक पढिएको
  • पार्वती भण्डारी/ रसुवा । रसुवाको उत्तरगया गाउँपालिकामा बाढीबाट मरेका पशुपन्छीका अवशेष व्यवस्थापन तथा क्षतिग्रस्त कृषि क्षेत्रको पुनस्र्थापनाका काम सुरु गरिएका छन् । खाद्य तथा कृषि संगठन (एफएओ) अन्तर्गत सञ्चालित परियोजनाले पशुपन्छीका अवशेष व्यवस्थापनसँगै बाढीले क्षति पुर्याएका खेतीयोग्य जमिन, सिँचाइ कुलो र खानेपानीका संरचना पुनस्र्थापनालाई प्राथमिकतामा राखेको छ ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा परियोजनाकी प्रतिनिधि पल्लवी अधिकारीले उत्तरगया गाउँपालिकाका वडा नम्बर १, ४ र ५ मा पशुपन्छीका अवशेष व्यवस्थापन गर्नुपर्ने सम्भावना देखिएकाले स्थानीय तहसँगको समन्वयमा काम अघि बढाइएको बताइन् ।

    उनका अनुसार गाउँपालिकाको समन्वयमा सम्बन्धित वडामा उपभोक्ता समिति गठन गरी बाढी प्रभावित स्थानीयवासीलाई नै परिचालन गरेर पशुपन्छीका अवशेष व्यवस्थापन गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।

    पशु सेवा विभागले गत भदौ १० गतेको बाढीपछि जारी गरेको पशु अवशेष व्यवस्थापनसम्बन्धी निर्देशिकालाई प्राविधिक आधार बनाएर काम भइरहेको अधिकारीले बताइन् । अवशेष भेटिएका स्थानबाट संकलन गरी खनिएका खाल्डामा व्यवस्थित रूपमा व्यवस्थापन गर्ने तथा अवशेष भेटिएको स्थान र व्यवस्थापन गरिएको ठाउँमा चुन र निःसंक्रमण औषधि प्रयोग गर्ने योजना रहेको उनको भनाइ छ ।

    पशुपन्छीका अवशेषको उचित व्यवस्थापनले जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्ने अधिकारीले बताइन् । पशु, मानव र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएकाले बाढीपछि मरेका पशुपन्छीको अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्न आवश्यक रहेको उनले स्पष्ट पारिन् ।

    परियोजनाले अवशेष व्यवस्थापनसँगै बाढी प्रभावित स्थानीयवासीलाई अस्थायी रोजगारीसमेत उपलब्ध गराउने लक्ष्य राखेको छ । यसबाट प्रभावित परिवारलाई केही समयका लागि आयआर्जनको अवसर प्राप्त हुनुका साथै आफ्नै समुदायको पुनस्र्थापनामा योगदान पुग्ने अधिकारीको भनाइ छ ।

    उनका अनुसार प्रत्येक उपभोक्ता समितिमा बढीमा ३० जना श्रमिक परिचालन गरिनेछ । उनीहरूले २५ दिनसम्म काम गर्न पाउनेछन् । यसअनुसार एउटा उपभोक्ता समितिमार्फत ७५० श्रमदिन बराबरको रोजगारी सिर्जना हुनेछ ।

    त्यस्तै, बाढीले पुरिएका वा क्षति पु¥याएका खेतीयोग्य जमिन पुनः प्रयोग गर्न सकिने अवस्था भएमा त्यसको पुनस्र्थापना गरिनेछ । सिँचाइ कुलो तथा खानेपानीका संरचनामा क्षति पुगेको भए स्थानीय उपभोक्ता समितिले आवश्यकताको पहिचान गरी प्राथमिकताका आधारमा पुनस्र्थापनाका काम अघि बढाउनेछन् ।

    स्थानीयवासीलाई आफ्नो क्षेत्रको क्षति र आवश्यकताबारे बढी जानकारी हुने भएकाले उपभोक्ता समितिमार्फत नै कामको पहिचान र निर्णय गरिने अधिकारीले बताइन् ।

    हाल उत्तरगया गाउँपालिका–५ मा परियोजनाको काम सुरु भएको छ । वडा नम्बर ५ मा पहिलो दिन नै पशुपन्छीका अवशेष भेटिएका स्थानको पहिचान गरी तिनलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने काम अघि बढाइएको छ ।

    यसैबीच, उत्तरगया गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार बाढीका कारण ६० वटा गाई, पाँचवटा गोरु, ६१ वटा भैँसी, एक हजार २१९ वटा बाख्रा, २८ वटा हाँस, १४१ वटा बङ्गुर र एउटा खरायोमा क्षति पुगेको छ ।

    अधिकारीका अनुसार परियोजनाको कुल कार्यअवधि ४५ दिन रहेको छ । त्यसमध्ये २५ दिन श्रमिक परिचालन गरी पशुपन्छीका अवशेष व्यवस्थापन, खेतीयोग्य जमिन पुनस्र्थापना तथा खानेपानी र सिँचाइका संरचना मर्मत तथा पुनस्र्थापनाका काम गरिनेछ । स्थानीय आवश्यकताको पहिचानका आधारमा परियोजनाले तोकेका उद्देश्यभित्र रहेर काम सञ्चालन गरिने छ ।

    यसैगरी, स्थानीय सन्तोष आचार्यले बाढीपहिरो प्रभावित क्षेत्रमा ठूलो क्षति पुगेको र अझै पनि प्रभावित स्थानमा मानवीय अवशेषका रूपमा हड्डीहरू भेटिने गरेको बताए । भेटिएका अवशेष संकलन गर्ने, उचित व्यवस्थापन गरी विसर्जन गर्ने तथा पुरिएका स्थानमा खोजी गर्ने काम सुरु भएको उनको भनाइ छ । यद्यपि, यो काम केही ढिलो गरी सुरु भएको उनले टिप्पणी गरे ।

    उनका अनुसार वडा नम्बर ५ मा मात्रै करिब पाँचदेखि सात सय घरधुरीमा क्षति पुगेको छ । प्रभावित क्षेत्रको तल्लो भेगमा एउटै क्षेत्रमा करिब दुई सय घरधुरी क्षतिग्रस्त भएका छन् । विशेषगरी भूकम्पपछि अन्यत्रबाट विस्थापित भएर आएर बसेका परिवारको घरसमेत पूर्ण रूपमा क्षति भएको उनले बताए ।

    आचार्यले बाढीपहिरोले घर तथा भौतिक संरचनामा मात्रै नभई स्थानीयको मुख्य आम्दानीको स्रोतसमेत समाप्त पारेको बताए । उनका अनुसार उक्त क्षेत्र पहिले कृषि उत्पादनका हिसाबले निकै उर्वर थियो । किसानले वर्षमा तीनदेखि चार बालीसम्म लगाउने गर्थे। विशेषगरी आलु उत्पादनका लागि प्रसिद्ध उक्त क्षेत्रबाट ठूलो परिमाणमा आलु बजारसम्म बिक्रीका लागि पठाइने गरेको थियो ।

    तर अहिले खेतीयोग्य जमिन गेग्रान र ढुङ्गामाटोले पुरिएर बगरमा परिणत भएको छ । खेत कहाँ थियो र कुन जमिन कसको हो भन्ने पहिचान गर्नसमेत कठिन भएको उनको भनाइ छ ।

    उनले भने, ‘पहिले यही क्षेत्र मुख्य बेँसी फाँट थियो । यहाँ तरकारी, आलु, धानलगायत विभिन्न बाली उत्पादन हुन्थे। वर्षमा तीनदेखि चार बालीसम्म लगाउन सकिन्थ्यो । किसानले यही जमिनबाट राम्रो आम्दानी गरेर जीविकोपार्जन गर्दै आएका थिए । अहिले सबै जमिन बगरमा परिणत भएको छ । किसानको आम्दानी शून्यमा झरेको छ ।’

    बाढीपहिरोपछि स्थानीयको आवतजावतमा भने केही सहजता आएको भए पनि उत्पादन र जीविकोपार्जनका लागि आवश्यक आधार नै समाप्त भएको उनले बताए । पहिले उक्त क्षेत्रबाट त्रिशूली पारि पुग्नसमेत पाँचदेखि सात घण्टासम्म लाग्ने गरेको उल्लेख गर्दै अहिले आवतजावत केही सहज भए पनि खेती गर्ने जमिन नहुँदा स्थानीयको समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।

    आचार्यले प्रभावित किसानलाई राहत दिन सरकारले तत्काल दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । विशेषगरी पुरिएका खेतीयोग्य जमिनको नापी, नक्साङ्कन गरी जग्गाको पहिचान र सीमाङ्कन गर्नुपर्ने उनको माग छ । त्यसपछि डोजर लगाएर गेग्रान हटाउने तथा खेती गर्न मिल्ने जमिन पुनः निर्माण गर्न सके किसानले पुनः जीविकोपार्जनको आधार पाउने उनले बताए ।

    उनले भने, ‘पहिला सरकारले वा सम्बन्धित संघसंस्थाले किसानको जग्गा छुट्याउने, नापी नक्सा गर्ने र बाँकी रहेको जमिन पहिचान गर्ने काम गर्नुपर्छ । त्यसपछि डोजर लगाएर खेतीयोग्य जमिन बनाउन सके किसानले फेरि आफ्नो पेसा गर्न पाउँथे । अहिले त बगरबाहेक केही छैन । खाने र बाँच्ने विकल्पसमेत छैन ।’

    उनका अनुसार अहिले किसान तत्कालीन राहतको अवस्थामा मात्रै सीमित नभई आफ्नो उत्पादनको आधार पुनःस्थापना हुने आशामा छन् । त्यसका लागि सरकार, सम्बन्धित निकाय तथा विभिन्न संघसंस्थाले समन्वय गरेर पुनःस्थापना र कृषि जमिन पुनर्निर्माणमा पहल गर्न आवश्यक छ ।

    बाढीपहिरोले घर, खेत र सम्पत्ति गुमाएका स्थानीयका लागि अबको मुख्य चुनौती जीविकोपार्जनको आधार पुनःस्थापना गर्नु रहेको आचार्यले बताए । किसानले फेरि आफ्नै जमिनमा खेती गरेर खान सक्ने वातावरण निर्माण गर्न सके मात्रै प्रभावित समुदायले वास्तविक राहत महसुस गर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लैङ्गिक हिंसाका स्वरूप फेरिँदै, डिजिटल हिंसाको सिकार बन्दै महिला

    सुकुमवासीलाई शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

    लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु

    सशस्त्र प्रहरीको एक एआईजी पदका लागि तीन डीआईजीबीच प्रतिस्पर्धा

    मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

    धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी

    लैङ्गिक हिंसाका स्वरूप फेरिँदै, डिजिटल हिंसाको सिकार बन्दै…

    सुकुमवासीलाई शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

    आईजीपीमा फर्किन दानबहादुरले पाएनन् अन्तरिम आदेश, मनोज केसी…

    आईजीपीमा फर्किन दानबहादुरले पाएनन् अन्तरिम आदेश, मनोज केसी…

    महिला हिंसाको स्वरूप फेरिँदै, सामाजिक सञ्जालबाट हुने चरित्र…

    ‘ईपीजी’ प्रतिवेदन पुरानो र असान्दर्भिक भएको घोषणा गर्नु…

    लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्रीको आह्वान

    आर्थिक

    आज फेरी सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

    धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’

    महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार विद्यार्थीलाई ५० हजार रुपैयाँ छात्रवृत्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑