सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक रिक्त पदमा बढुवाका लागि तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त भएपछि रिक्त भएको उक्त पदमा डीआईजीहरू सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापाबीच प्रतिस्पर्धा हुने देखिएको हो । तीनै जना सशस्त्र प्रहरीको पहिलो ब्याचका अधिकृत हुन् । उनीहरूले २०५९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।
सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार मन्त्रिपरिषद्ले असोज २३ गते संवेदनशील सूचना चुहाएको र आचरणविपरीत कार्य गरेको आरोपमा एआईजी दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो । दाहाल चारवर्षे पदावधि पूरा भएपछि असोज २८ गतेदेखि अवकाशमा समेत गएका छन् ।
वरीयतामा पहिलो स्थानमा रहेका डीआईजी सुरेशकुमार श्रेष्ठ हाल सीमा सुरक्षा विभागको नेतृत्वमा छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पी–४ तहमा खुला प्रतिस्पर्धाबाट छनोट हुने पहिलो अधिकृतका रूपमा पनि उनी परिचित छन् । उनले यसअघि काठमाडौं उपत्यकाको सुरक्षा कमान्डअन्तर्गत पर्ने नम्बर ९ पशुपतिनाथ बाहिनीको नेतृत्व गरिसकेका छन् ।
दोस्रो वरीयतामा रहेका डीआईजी दीपेन्द्र शाह हाल सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो प्रमुख छन् । सूचना संकलन र सुरक्षा चुनौतीको विश्लेषणमा उनको अनुभवलाई बढुवाको प्रतिस्पर्धामा महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ ।
त्यस्तै, डीआईजी पुरुषोत्तम थापा सशस्त्र प्रहरी एकेडेमीमा कार्यरत छन् । उनले यसअघि संगठनको प्रवक्ता तथा नम्बर ९ पशुपतिनाथ बाहिनीको कमान्ड सम्हालिसकेका छन् ।
अब बढुवाका लागि कार्यसम्पादन, व्यावसायिक अनुभव र ज्येष्ठतालाई मुख्य आधार मानिनेछ । एआईजी बढुवा समितिको अध्यक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रहने व्यवस्था छ । समितिमा गृह मन्त्रालयका सचिव सदस्य र सशस्त्र प्रहरी महानिरीक्षक सदस्यसचिव रहनेछन् ।
समितिले बढुवाका लागि सिफारिस गरेपछि निर्णयप्रति असन्तुष्ट उम्मेदवारले सात दिनभित्र उजुरी दिन पाउने कानुनी व्यवस्था छ । त्यसैले रिक्त एक पदमा कसले बढुवा पाउँछ भन्ने विषय सशस्त्र प्रहरी संगठनभित्र चासोका साथ हेरिएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा