• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर २, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रजहरमा प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने तयारी, नेपालमा पहिलो पटक पठन–पाठन हुँदै

      एनपीएल : चितवनका मिशाराले बनाए नयाँ रेकर्ड, शतकसँगै उच्च स्कोर

      ट्रम्पको हत्या गर्ने षड्यन्त्रमा पाकिस्तानी नागरिकलाई २७ वर्ष ६ महिना जेल सजाय

      विवादका बिच आनीले सम्हालिन् लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी

      प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ?

      सल्यानमा स्वर्गीय पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक अनावरण

      बलियो जनमतको आडमा भारतसँग राष्ट्रिय मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व राजदुतहरुको सुझाव

      दानबहादुर कार्कीलाई सर्वोच्चबाट तत्काल राहत मिलेन, कारण खुलाउन सर्वोच्चको आदेश

      एलिमिनेटरमा काठमाडौं र चितवन भिड्दै, सुदूरपश्चिम फाइनलमा पुग्ने सम्भावना जीवितै

      मुकुल ढकाल र रास्वपा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिँदै, मंसिर १० गते विवाह

      एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली 

      विमानस्थलबाट डेढ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

      एमालेकी वरिष्ठ नेता भण्डारी सरकारी सुरक्षाकर्मी लिएर पार्टीको राष्ट्रिय भेलामा सहभागी

      प्रधानमन्त्री बालेन र नवनियुक्त भारतीय राजदूत दलेलाबीच भेटवार्ता

      काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

    होमपेज /  समाचार

    सल्यानमा स्वर्गीय पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक अनावरण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर २, बुधबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१ पटक पढिएको
  • काठमाडौं । सल्यानको खलंगामा जन्मिएर नेपालको २७औँ प्रधानमन्त्री बनेका स्वर्गीय मरिचमान सिंह श्रेष्ठको शालिक अनावरण गरिएको छ।

    शारदा नगरपालिका–१, श्रीनगरस्थित रुकुम चोकमा सल्यानी युवाहरूले निर्माण गरेको शालिक स्थानीय ज्येष्ठ नागरिक लोकबहादुर थापाले अनावरण गरेका हुन्। शालिक अनावरणसँगै उक्त चोकको नाम परिवर्तन गरी मरिचमान चोक नामकरण गरिएको छ।

    विसं १९९७ कात्तिक १७ गते सल्यानको खलंगा बजारमा जन्मिएका श्रेष्ठले प्रारम्भिक शिक्षा आफ्नै जिल्लामा हासिल गरेका थिए। शिक्षण पेसाबाट सार्वजनिक जीवन सुरु गरेका उनले खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा शिक्षक तथा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए ।

    शिक्षण पेसामा आबद्ध रहँदै राजनीतिमा सक्रिय भएका श्रेष्ठ विसं २०३० मा राष्ट्रिय पञ्चायतको सदस्य बनेका थिए। विसं २०३८ मा राष्ट्रिय पञ्चायतको अध्यक्ष बनेका उनी विसं २०४३ मा नेपालको २७औँ प्रधानमन्त्री नियुक्त भएका थिए। उनले २०४६ सालसम्म सरकारको नेतृत्व गरेका थिए।

    उनको प्रधानमन्त्री कार्यकालमा नेपाल–भारत सम्बन्धमा गम्भीर उतारचढाव आएको थियो। विसं २०४५ मा व्यापार तथा पारवहन सन्धिसम्बन्धी विवाद चर्किएपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। त्यस समयमा पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या भएपछि श्रेष्ठ नेतृत्वको सरकारले वैकल्पिक माध्यमबाट ती सामग्री आयात गर्ने प्रयास गरेको थियो। राष्ट्रिय स्वाधीनताको विषयमा अडान लिएको भन्दै समर्थकहरूले उनलाई राष्ट्रवादी नेताका रूपमा स्मरण गर्ने गरेका छन्।

    विसं २०४६ मा बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाका लागि जनआन्दोलन सुरु भएपछि उनको सरकार आलोचित बनेको थियो। आन्दोलन उत्कर्षमा पुगेपछि श्रेष्ठले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था पुनःस्थापना भएको थियो।

    प्रधानमन्त्री पदबाट बाहिरिएपछि उनी सक्रिय राजनीतिबाट टाढिएका थिए। काठमाडौँमा गाईपालन तथा कुखुरापालन गर्दै सामान्य जीवन बिताएका श्रेष्ठको विसं २०७० साउन ३० गते निधन भएको थियो । उनी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।

    सल्यानमा जन्मिएर राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका श्रेष्ठको योगदान र व्यक्तित्वलाई भावी पुस्तासम्म परिचित गराउने उद्देश्यले शालिक निर्माण गरिएको आर्थिक संयोजक खिम डि.सी.ले जानकारी दिए। शालिक निर्माण सल्यानी युवाहरूको पहलमा गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विमानस्थलबाट डेढ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

    जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

    बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध

    कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी

    सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५५७ जनालाई कारबाही

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजहरमा प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने तयारी,…

    एनपीएल : चितवनका मिशाराले बनाए नयाँ रेकर्ड, शतकसँगै…

    ट्रम्पको हत्या गर्ने षड्यन्त्रमा पाकिस्तानी नागरिकलाई २७ वर्ष…

    विवादका बिच आनीले सम्हालिन् लुम्बिनी विकास कोषको उपाध्यक्षको…

    विवादका बिच आनीले सम्हालिन् लुम्बिनी विकास कोषको उपाध्यक्षको…

    एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष…

    प्रधानमन्त्री बालेन र नवनियुक्त भारतीय राजदूत दलेलाबीच भेटवार्ता

    मुगुमा कार्मारोङमा १० शय्याको प्राथमिक अस्पताल भवन निर्माण,…

    आर्थिक

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित

    भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑