सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् । पूर्वी नेपालका हिमाली तथा तराईका विभिन्न जिल्लामा धक्का महसुस भएको हो ।
भूकम्पको धक्का नेपालसहित भारत, भुटान र चीनमा समेत महसुस गरिएको छ । भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक जानकारीअनुसार ताप्लेजुङको लेलेपबाट झण्डै २० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा