सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीलाई हराउँदै काठमाडौंले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौंको जितमा राशिद खानले सर्वाधिक ५० रन बनाए। त्यस्तै, कप्तान करण केसीले ४४ रनको महत्वपूर्ण योगदान दिए। उनीहरूको उत्कृष्ट ब्याटिङले काठमाडौंलाई जितसम्म पुर्यायो।
कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलतले समान २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। कर्णालीका अरिफूल इस्लामले ४४, हुसैन तलतले ४० र पवन सर्राफले ३० रन बनाए।
काठमाडौंका कप्तान करण केसीले बलिङतर्फ २ विकेट लिए।
दुई खेल खेलेको काठमाडौंको यो पहिलो जित हो भने कर्णालीको लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा पूर्णविराम लागेको छ।
यसैबीच, आजै हुने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। चौथो खेल खेल्न लागेको सुदूरपश्चिम र तेस्रो खेल खेल्न लागेको चितवन दुवै टोली दोस्रो जितको खोजीमा मैदान उत्रनेछन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा