सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले देश गम्भीर संकटतर्फ उन्मुख भइरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सत्तारूढ तथा प्रतिपक्षी दलभित्र चर्किंदै गएको आन्तरिक विवाद, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताप्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनले देशको अर्थतन्त्रसमेत निरन्तर ओरालो यात्रामा रहेको उल्लेख गर्दै समग्र परिस्थितिले मुलुकको अवस्था थप गम्भीर बनाउँदै लगेको बताएका छन् ।
यस्तो अवस्थामा सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । देशको हितमा सकारात्मक योगदान गर्न र नकारात्मक गतिविधिबाट टाढा रहन पनि उनले सबैलाई आग्रह गरेका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सक्छौँ, सकारात्मक योगदान गरौँ । सक्दैनौँ, नकारात्मक काम नगरौँ ।’
उनले मुलुकको वर्तमान परिस्थितिमा सबै पक्षले संयमित र जिम्मेवार भूमिका खेल्नुपर्ने सन्देश दिएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा