सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । बैतडीको ऐरीगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो १ बजेर ६ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । यस भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको उनले बताए ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा